गोरु गाडासहित अवैध काठ बरामद

0
1424

कञ्चनपुर,

भीमदत्त नगरपालिका–१८ मामाभान्जाचोक नजिकबाट प्रहरीले गए राति गोरु गाडासहित अवैध काठ बरामद गरेको छ ।

गोरुगाडामा अवैधरूपमा लग्दै गरेको ११ थान (१३ दशमलव ७४ क्युविक फुट) सालको काठ बरामद गरेको छ । भीमदत्त नगरपालिका–१८ का ३७ वर्षीय रमेश चौधरी, सोही ठाउँ बस्ने २४ वर्षीय कृष्ण चौधरी र ३५ वर्षीय जयराम चौधरी सवार गोरुगाडमा लुकाइछिपाइ ल्याइएको अवस्थामा काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनुभयो ।

बरामद काठसहितको गोरु गाडा आवश्यक कारवाहीका लागि आज डिभिजन वन कार्यालय कञ्चनपुरमा पठाइएको छ । प्रहरीले भीमदत्त नगरपालिका–१८ बाट म१ह ४८९ नंको अटोरिक्सामा अवैध काठ ओसारपसारमा संलग्न १८ वर्षीय गोविन्द सार्कीलाई आज पक्राउ गरेको थियो ।

अटोरिक्सामा अवैध काठ ओसारपसार भइराखेको विशेष सूचनाका आधारमा प्रहरीले सालका तीन गोलिया (७ दशमलव ३९ क्यूविक फुट) सहित सार्कीलाई पक्राउ गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here