अंग्रेजी नयाँ वर्ष सन् २०२१ लाई संसारभर स्वागत

0
522

काठमाडौं ।

अग्रेजी (ग्रेगोरियन) क्यालेण्डर (पात्रो) अनुसार वर्ष २०२१ शुरु भएको छ । समयको अन्तरका कारण क्रमशः पूर्वी देशहरुबाट पश्चिमका देशहरुले नयाँ वर्षलाई स्वागत गर्दैै मनाइरहेका छन् ।

सुदूरपूर्वी मुलुक न्यूजील्याण्ड, अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, उत्तर कोरियालगायतका देश हुँदै मध्य र पश्चिमी विश्वका देशहरुमा इश्वीको नयाँ वर्षलाई स्वागत गरिएको छ।

सबैभन्दा पहिले अष्ट्रेलिया र न्यूजील्याण्डले सँधै झै यस वर्षको नयाँ नयाँ सूर्योदयलाई स्वागत गरे । संसार निन्द्रामै रहँदा यी दुई देश हुँदै सुदूर पूर्वी देशहरुले सन् २०२१ को नयाँ विहानीलाई स्वागत गरेका हुन् ।

वर्ष २०२० पूर्ण रुपमा कोरोना भाइरसको महामारीको पकडमा परेकाले यस वर्ष कोभिड–१९ को कब्जाबाट मानव सभ्यताले मुक्ति पाउने अपेक्षा गरिएको छ ।

वर्ष २०२० मा संसारभरका सवा आठ करोडभन्दा बढी मानिसलाई कारोना भाइरसले आफ्नो पञ्जामा पार्‍यो भने झण्डै सवा १८ लाख मानिसलाई मृत्युको मुखमा पुर्‍यायो ।

तर वर्षको शुरुवातसँगै वैज्ञानिकहरुले मानव सभ्यताकै लागि चुनौति बनेको कोरोना भाइरसको खोप ल्याएकाले नयाँ आशाका किरणहरु देखिएको छ ।

कोरोना संक्रमणको विश्वव्यापी त्रासका बीच पनि मानिसहरुले निर्भिघ्न ढंगले नयाँ वर्षलाई स्वागत गरिरहेका छन् । तस्वीर वेबबाट/इमेजखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here