लकडाउनले उद्योगी बनायो

0
1448

शिवसताक्षी।

शिवसताक्षी–८ झिलझिलेका खड्गप्रसाद ढुंगेल अहिले नगरका चर्चित बेकरी व्यवसायी बनेका छन् ।

कोभिडका कारण मुलुक लकडाउन भएपछि उनले यो उद्यम शुरु गरेका हुन् । लकडाउनका बेला घर बाहिर ननिस्कन, एक अर्कासँग भेटघाट नगर्न, आफू पनि अर्काको घरमा नजान र अर्कालाई पनि आफ्ना घरमा आउन सकेसम्म नदिन सरकारले भनेको थियो ।

त्यसको प्रत्यक्ष फाइदा उठाउँदै ढुंगेलले घरैमा बेकरी उद्योग खोलेर आफ्नो परिवारको गुजारा त चलाएकै छन्, अन्य ६ परिवारलाई पनि रोजगारी दिएका छन् । ती ६ जना उनका बेकरी उद्योगका कर्मचारी हुन् । उनले श्री कृष्ण बेकरी उद्योग ९ लाख रुपैयाँ ऋण लिएर खोलेका थिए । ढुंगेलले लकडाउनकै बीचमा उद्योग स्थापनाको चाँजोपाँजो मिलाएको बताए । सरकारले लकडाउन खोलेपछि उद्योगबाट उत्पादन भएका बेकरी बजार निकालाँैला भन्ने सोचेर उनले उद्योग स्थापना गरेका हुन् ।

उद्योगबाट भुक्के, क्रिमरोल, डुनट र ब्रेड उत्पादन हुन्छ । एक दिनमा एक÷एक सय प्याकेटसम्म उत्पादन हुने गरेको छ । एक महिनादेखि मात्र उद्योगबाट बेकरीका उत्पादन बजार निकाल्न थालेको उनले बताए । यसअघि गाउँकै पसलमा बिक्री हुन्थ्यो, यतिबेला माग बढेकाले उत्पादन पनि बढाउने तयारीमा रहेको ढुंगेलले बताए ।

ढुंगेलको बेकरी उद्योगबाट उत्पादित बस्तु नगरका १५ प्रतिशत बजारमा पनि पुग्दैन । दूधे, झिलझिले, शिवगञ्ज, जनता बजारमा पु¥याउँदा एक दिनको उत्पादन सकिन्छ । उनले भने– ‘धरमपुर, डूँडामारी, पारावारी, मंगलबारे, माइधार लगायतका बजारबाट बेकरीको माग आए पनि पु¥याउन सकिएको छैन ।’

कतारको भूमिमा १२ वर्ष बिताएका ढुँगेलले उर्वर उमेर पनि उतै विताएकोमा यतिबेला गुनासो लागेको बताए । उनी कतार जाँदा ३३ वर्षका थिए, आउँदा ४५ वर्षका भएर आए । उनले भने– ‘विदेशमा १२ वर्ष बसेर काम गर्दा बाबुले दिएको सम्पत्ति बाहेक ८ कठ्ठा माटो र त्यही जग्गामा आफू बस्ने घर बनाउँदा सकेँ ।

‘जेठो छोरा अनिष र बुहारी सविना जापानमा छन् । कान्छो मनिष बेकरी उद्योगमा मलाई सघाउँदै पढ्दै पनि छ । यो वाहेक केही गर्न सकिनँ’– उनले भने– ‘बेलैमा यो बुद्धि आइदिएको भए यतिवेला ५० जनालाई काम दिएर प्रतिष्ठित उद्योगको मालिक बन्ने रहेछु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here