बिर्तामोडमा ‘मिठो रेष्टुरेण्ट एण्ड थकाली किचन’

१७ पुष २०७७, शुक्रबार मा प्रकाशित

तुलसीप्रसाद निरौला,बिर्तामोड  ।

नयाँ वर्ष सन् २०२१ को अवसर पारेर झापाको बिर्तामोडमा ‘मिठो रेष्टुरेण्ट एण्ड थकाली किचन’ सञ्चालनमा ल्याइएको छ ।

 

६० लाख रुपैयाँभन्दा बढी लगानी गरेर होटल व्यवसायी नेत्र न्यौपानेले बिर्तामोडको भद्रपुररोडमा ‘मिठो रेष्टुरेण्ट एण्ड थकाली किचन’ सञ्चालनमा ल्याएका हुन् ।

थकाली खानाका पारखीहरुलाई स्वादिष्ट, स्वास्थ्यवद्र्धक र अग्र्यानिक परिकार खुवाउने मुख्य उद्देश्यले ‘मिठो रेष्टुरेण्ट एण्ड थकाली किचन’ सञ्चालनमा ल्याएको बताउँदै सञ्चालक न्यौपानेले ग्राहकको चाहना अनुसारको भेज तथा नन्भेज स्पेशल थकाली सेट, बिरीयानी र फ्राइराइस, मटन, चिकन, पोर्क सेकुवा, नेवारी खाजासेट, मटनसहितको खाना, तामाको अचार, गुन्द्रुक लगायत १०÷१२ परिकारसहितको थकाली खाना खुवाइने जानकारी दिए ।

 

 

थकाली खानाको वास्तविक स्वाद मिठो रेष्टुरेण्ट एण्ड थकाली किचनमा पाइने बताउँदै उनले एक सय २० जना ग्राहकलाई एकैसाथ सेवा प्रवाह गर्न सकिने जानकारी दिए ।

स्पेशल बर्थडे हल, एसी रेष्टुरेण्ट, स्पेशल तथा नर्मल क्याबिन रहेको ‘मिठो रेष्टुरेण्ट एण्ड थकाली किचन’ मा साँझ ७ बजेदेखि ९ बजेसम्म एकल गजल लगायतका कार्यक्रम हुने सञ्चालक न्यौपानेले बताए ।

यसैबीच मिठो रेष्टुरेण्ट एण्ड थकाली किचनको शुक्रबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, बिर्तामोड–४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला लगायतले मिठो रेष्टुरेण्ट एण्ड थकाली किचनको उद्घाटन गरेका थिए ।

कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष भट्टराई, सदस्य सञ्जिव घिमिरे, बिर्तामोड–४ का वडाध्यक्ष संग्रौला, पत्रकार महासंघ झापाका सहसचिव केशव भट्टराईले सञ्चालक न्यौपानेलाई व्यवसायिक सफलताको शुभकामना दिएका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here