सुरुङ्गामा मदन भण्डारी स्पोर्टस् एकाडेमी गठन

0
1275

सुरुङ्गा ।

कनकाई नगरपालिकामा मदन भण्डारी स्पोर्टस् एकाडेमी गठन भएको छ ।  शुक्रवार सुरुङ्गामा आयोजित युवाहरुको भेलाले रमेश मैनालीको अध्यक्षतामा एकाडेमी गठन भएको हो । एकाडेमीको उपाध्यक्षहरुमा निमेश ओली र जनार्दन मण्डल, सचिव पे्रमकुमार पुरी, सहसचिव सारिका गिरी, कोषाध्यक्षमा गीता चौहान चयन भएका छन् ।

सदस्यहरुमा सचिन बस्नेत, पासाङ तामाङ, युनेश बस्नेत, सागर गिरी, सुवास गजमेर , दिलिप राई, विशाल सिटौला, धर्मेन्द्र सुवेदी, सुदीप वाग्ले, पर्शुराम दाहाल, नविन खवास, संजिव ढकाल, दीपक थपलिया, सुजन पराजुली, दुर्गा ओली, एञ्जिला मैनाली, भरत ओली, ईश्वर थापा, उमेश उप्रेती र प्रदीप लुइँटेल रहेका छन् । थप दुई वटा वडाबाट सदस्य थप गरिने नेकपाका युवा नेता दिनेश खतिवडाले जानकारी दिए ।

मदन भण्डारी फाउण्डेशन कनकाई नगर अध्यक्ष गोकर्ण ओझाको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान सांसद् एवम् नेकपाका केन्द्रीय सदस्य एलपी साँवा, नेकपा केन्द्रीय सदस्य एवम् झापा निर्वाचन क्षेत्र नं. ४ का प्रदेश सांसद् हीरा थापा, नेकपा प्रदेश कमिटी सदस्य प्रेमप्रसाद दाहाल, कनकाई नगरपालिका उपप्रमुख मञ्जु प्रसाई, कनकाई नगरपालिका वार्ड नं. ४ अध्यक्ष गोविन्दप्रसाद पौडयाल, नेकपा कनकाई नगर अध्यक्ष रवीन्द्र लम्साल, सामाजिक अगुवा श्याम ओली लगायतले सम्बोधन गरेका थिए ।

कनकाई नगरपालिकाका जनप्रतिनिधिहरु कृष्णबहादुर राई, सुनिता खरेल, नबलकिशोर दत्त, नेकपा युवा नेता कृष्णप्रसाद खतिवडा, झापा–काठमाण्डौं सम्पर्क मञ्चका सुनील भेटवाल, युवा संघ नेपाल झापाका पूर्व कोषाध्यक्ष सागर पोर्तेल, पूर्व सदस्य केशव भण्डारी लगायतको आतिथ्य रहेको कार्यक्रममा केपी ओली नेतृत्वको नेकपामा एकताबद्ध रुपमा लाग्नुपर्ने बताइएको थियो ।

कार्यक्रमका वक्ताहरुले जननेता मदन भण्डारीको जनताको बहुदलीय जनवाद पार्टीको मार्गनिर्देशक सिद्धान्तको रुपमा विकास भएको बताएका थिए । छबि थपलियाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन युवानेता विनोद राना मगरले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here