तुलसीप्रसाद निरौला ,बिर्तामोड ।
इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनले झापाको बिर्तामोड –७ गरामनीका एक सय जना विपन्न वालवालिकालाई न्यानो कपडा ,जुत्ता प्रदान गरेको छ ।

बिर्तामोड –७ का खालवाडी टोल विकास संस्था मुसहरवाडी , खालवाडी रेखा टोल विकास संस्था सन्थालवाडी ,समावेसी टोल विकास संस्था मुन्सीवाडीका एक सय जना विपन्न वालवालिकालाई न्यानो कपडा प्रदान गरेको इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट रेनु बंशलले जानकारी दिइन् ।
जाडोको मौसम शुरु भएसंगै कष्टकर जीवन विताउँदै आएका विपन्न वालवालिकालाई विभिन्न भाइरसजन्य फ्लुहरुबाट बचाउन न्यानो कपडा , जुत्ता प्रदान गरेको उनले बताइन् ।

इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट रेनु बंशलको अध्यक्षता तथा बिर्तामोड –७ की वडाध्यक्ष चन्द्रकला पकवालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सेक्रेटरी सम्झना भण्डारीले स्वागत गरेकी थिइन् ।
संस्थाकी भाइस प्रेसिडेन्ट जमुना भुषालले औचित्यमाथी प्रकाश पारेको कार्यक्रममा चाटर्ड प्रेसिडेन्ट भूमिका पोख्रेल , वोर्ड मेम्वर रुची शिवाकोटी ,वर्षा राजभण्डारी, रिजु क्षेत्री , कमला पौडेल लगायतले विपन्न वालवालिकालाई न्यानो कपडा , जुत्ता प्रदान गर्नुका साथै मिठाइ समेत वितरण गरेका थिए ।

न्यानो कपडाको सौजन्य विर्तामोडका व्यवसायीहरु अञ्जना वस्नेत र सिर्जना गुरुङले गरेका थिए ।
कार्यक्रममा बिर्तामोड –७ का पूर्व वडाध्यक्ष मेदनीप्रसाद न्यौपाने , रारा चिया प्रसोधन उद्योगका सञ्चालक उद्यीम न्यौपाने , टोल विकास संस्थाका दुर्गाप्रसाद मैनालीलगायतले जाडोको मौसममा कष्टकर जीवन विताउँदै आएका विपन्न वालवालिकालाई न्यानो कपडा , जुत्ता प्रदान गरेको भन्दै इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनको प्रशंसा गरेका थिए ।

कार्यक्रमको सञ्चालन इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी सेक्रेटरी सम्झना भण्डारीले गरेकी थिइन् ।































