मोरङ ।

मोरङको उर्लावारी नगरपालिका–४ आईतवारेमा बसले मोटरसाईकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ ।
शनिवार अपरान्ह पौने ५ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ६२७८ नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको मे ६ प ३२६३ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा घाईते भएका मोटरसाईकल चालक दमक नगरपालिका–४ का ३२ बर्षीय प्रदिप कार्कीको उपचारको क्रममा उर्लावारीको अरनिको अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।
मोटरसईकललाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।






























