बुद्धनगर टोलसुधार समितिको अध्यक्षमा पुनः युवराज प्रसाईं

0
1032

बिर्तामोड  ।

झापाको बिर्तामोड–५ स्थित बुद्धनगर टोल सुधार समितिको अध्यक्षमा पुनः युवराज प्रसाईं चयन भएका छन् ।

 

संस्थाको सातौं वार्षिक साधारणसभाको वन्दसत्रले प्रसाईंको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
नवगठित समितिको उपाध्यक्ष पारसमणी कडरिया , सचिव देवीभक्त आचार्य, सहसचिव होमादेवी कडरिया , कोषाध्यक्ष अग्निदेव लुईंटेल रहेका छन् । त्यस्तै समितिका सदस्यहरुमा अञ्जना प्रसाईं, प्रमोद लम्साल , पुण्यप्रसाद शिवाकोटी, रसिद अली, अमरबहादुर कार्की, भिमकुमारी विष्ट, प्रेमप्रसाद कडरिया , खेमनाथ मिश्र रहेका छन् ।

संस्थाको नयाँ कार्यसमिति चयन गर्न सूर्यप्रसाद सापकोटा संयोजक र मोहनविक्रम मल्ल ,मेदनीप्रसाद सिटौला सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । र, त्यही समितिले नयाँ कार्यसमिति चयन गरेको बताइएको छ ।

संस्थाका अध्यक्ष युवराज प्रसाईंको अध्यक्षता तथा बिर्तामोड –५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी सहसचिव होमादेवी कडरियाले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा त्रिवेणी टोल सुधार समितिका अध्यक्ष लक्ष्मीप्रसाद आचार्य, सुन्दर नगर टोल सुधार समितिका अध्यक्ष हरि दियाली , बुद्धनगर महिला समूहकी अध्यक्ष अञ्जना प्रसाईं लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष युवराज प्रसाईले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले २०७० साल चैत ९ गते गठन गरिएको समितिले गम्भीर प्रकृतिका रोग क्यान्सर , मृगौला फेल र सवारी दुर्घटनाबाट मृत्यु हुन गएमा परिवारलाई सहयोग वापत संस्थाका सदस्यहरुको हकमा उपचार खर्चवापत ४० हजार रुपैयाँ र काजकिरिया खर्च वापत ३० हजार रुपैयाँ दिने बताए ।

प्रेमकुमार श्रेष्ठ , दुर्गाप्रसाद शिवाकोटी लगायतको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव देवीभक्त आचार्यले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here