सरस्वती मन्दिरको संरक्षण गर्न पूर्व विद्यार्थी सिटौलाद्वारा अक्षयकोष स्थापना

0
1419

तुलसीप्रसाद निरौला ,बिर्तामोड  ।

झापा कनकाई नगरपालिका –९ घैलाडुव्वामा रहेको आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयको हातामा निमार्ण गरिएको सरस्वती मन्दिरको संरक्षण तथा सम्वद्र्धन र पूजा व्यवस्थापनका लागि पूर्व विद्यार्थी रेणुका सिटौलाले दुई लाख रुपैयाँको अक्षयकोष स्थापना गरेकी छिन् ।

उनले बिद्यालयका प्रधानाध्यापक धर्मानन्द निरौलालाई उक्त रकमको चेक हस्तान्तरण गर्दै अक्षयकोष स्थापनाको घोषणा गरेकी हुन् ।

कनकाई नगरपालिका –९ घैलाडुव्वामा रहेको आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयको हातामा घैलाडुव्वाकी समाजसेवी गौरामाया सिटौलाले सरस्वती मन्दिर निर्माण गरिदिएकी थिइन् ।

उक्त मन्दिरको संरक्षण तथा सम्वद्र्धन र त्यहाँ प्रत्येक वर्ष आयोजना गरिने सरस्वती पूजा ब्यवस्थापनका लागि स्व.सिटौलाकी छोरी तथा पूर्व विद्यार्थी रेणुका सिटौलाले आफ्नी आमाको स्मृतिमा दुई लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको बताइन् ।

अक्षयकोष स्थापनासंगै सरस्वती मन्दिरको घेरावाराका लागि समेत आफूले सहयोग गर्ने उनले प्रतिवद्धता जनाइन् । सिटौला हाल काठमाडौंमा रहेर वकालत पेसामा आवद्ध छिन् ।

प्रत्येक वर्ष सरस्वतीको मूर्ति राखेर पूजा गरिँदै आएकोमा त्यहाँ सिटौला परिवारले सरस्वतीको मन्दिर निर्माण गरिएपछि पूजा गर्न सहज भएको र सरस्वती मन्दिरको संरक्षण तथा सम्वद्र्धन र सरस्वती पूजा ब्यवस्थापनका लागि पूर्व विद्यार्थी सिटौलाले अक्षयकोष स्थापना गरेर ठूलो गुन लगाएको बिद्यालयका प्रधानाध्यापक धर्मानन्द निरौलाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here