दुव्र्यसन रोक्न उपाय खोज्दै प्रहरी

0
1455

झापा, कोरोना कहर कायमै छ । सीमा नाका बन्द छन् । नाकामा चहलपहल पनि शून्य प्रायः छ । तर, झापामा लागूऔषध दुव्यर्सनका घटना दिनानुदिन बढेपछि समाजमा चिन्ता थपिएको छ ।

विशेषगरी ‘टिनएज’का युवा बढी मात्रामा लागूऔषध सेवन र ओसारपसारमा सक्रिय हुने गरेको पाइएपछि बिर्तामोडमा रहेको कोहेड कलेज टोल विकास संस्थाले लागूऔषध दुव्यर्सन रोक्न नयाँ रणनीति अपनाएको छ । इलाका प्रहरी कार्यालय अनारमनीसंग सहकार्य गर्दै विद्यार्थीलाई लागूऔषध दुव्यर्सन सम्वन्धी प्रशिक्षण दिन शुरु गरिएको छ ।

संस्थाले विद्यार्थीलाई लागूऔषधको प्रयोग र यसले पार्ने असरका विषयमा जानकारी दिन शुरु गरेको छ । बितामोड–५स्थित कोहेड कलेजमा कक्षा ११मा अध्ययरत् विद्यार्थीलाई आइतवार यसै विषयमा प्रशिक्षण दिइयो । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले कुलतमा कसरी फसिन्छ र यसबाट बच्न के गर्नुपर्छ भन्ने विषयमा जानकारी दिएका थिए ।

उनले कुलत रोक्न विद्यार्थीको भूमिका अहम् हुने भन्दै विद्यार्थीलाई आफू पनि चनाखो बन्न र समाजमा त्यस्तो गतिविधिमा सम्लग्न कोही देखापरे अभिभावक र प्रहरीलाई खवर गर्न आग्रह समेत गरे ।

श्रव्यदृष्य

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीले अहिले यस खाले विभिन्न कार्य गर्दै आएको बताएका प्रहरी नायव उपरीक्षक रिजालले विद्यार्थीले लागूऔषधको कुलत रोक्न सक्ने भएकाले यस्ता कार्यक्रम प्रभावकारी हुने बताए । कोरोना कहरपछि समुदाय प्रहरी साझेदारी कार्यक्रमक अन्तर्गत पहिलो कार्यक्रम सम्पन्न गरेको प्रहरी प्रमुख रिजालले बताए । उनले लकडाउनकै अवधिमा धेरै युवा कुलतमा फसेको र लागूऔषध ओसारपसारमा संलगन धेरैलाई पक्राउ गर्दै कारवाही अघि बढाए पनि त्यसले मात्र पर्याप्त नहुँने हुँदा दुव्र्यसन रोक्न समाज नै सचेत हुनुपर्ने बताए ।

कोहेड कलेजका प्रिन्सिपल उमानाथ ओलीको प्रमुख आतिथ्यमा भएको कार्याक्रममा एक सयभन्दा बढी विद्यार्थीको सहभागगिता रहेको थियो । कोहेड टोल विकास संस्थाकी अध्यक्ष पार्वता बिमलीको अध्यक्षतामा भएको कार्यक्रममा व्यवसायी ओमकृष्ण बिमली, विर्तामोड नगरपालिकाकी कार्यपालिका सदस्य भावना घिमिरे, सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष उत्तम खनाल, न्यूटन टोल विकास अध्यक्ष लवकुश चौधरी, कोहेड कलेजका कोअर्डिनेटर केशव प्रसाई लगायतले लागूऔषध दुव्र्यसन रोक्न समाज आफैं चनाखो हुनुपर्ने बताए । संस्थाकी सदस्य अम्विका कुँवरले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव उमा मिश्रले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here