झापा ।

झापाको दमक नगरपालिका–६ बेलडाँगीबाट लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय दमकबाट गस्तिमा खटिएको प्रहरी टोलीले आईतवार राती १० बजे शंकास्पद अवस्थामा हिडिरहेका दमक नगरपालिका–८ का २१ बर्षीय बिक्रम लम्जेल र रतुवामाई नगरपालिका–८ का २२ बर्षीय रोशनकुमार मग्रातीलाई चेकजाँच गर्दा उनीहरुको साथबाट एक ग्राम ३९० मिलिग्राम लागूऔषध ब्राउनसुगर र नगद दुई हजार चार सय रुपैंया बरामद भएको बताइएको छ ।
लागूऔषध सहित पक्राउ परेकाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।































