बिहानी बचत तथा ऋण सहकारीको नाफा ५७ लाखबढी

0
977

दुहागढी ।

मेचीनगर १४ धाइजन मोडमा सञ्चालित बिहानी बचत तथा ऋण सहकारी संस्थाले आ.व. २०७६/०७७ मा ५७ लाख ६५ हजार ६ सय ३७ रुपैयाँ मुनाफा गरेको छ ।

संस्थाको १२ औँ साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष गोपीकृष्ण प्रसाईँले कोरोना कहरका बिचमा समेत संस्थाले उक्त मुनाफा गर्न सफल भएको जानकारी गराएका थिए । साधारण सभामा दुई दर्जन बढी व्यक्तिहरुलाई नगद, दोसल्ला र प्रशंसा पत्रबाट सम्मान गरिएको संस्थाका सहसचिव नरेन्द्र सुबेदीले बताएका छन् ।

सम्मानित हुनेहरुमा उत्कृष्ट निक्षेपकर्ता गलो राजवंशी, उत्कृष्ट ऋणी गुनी राजवंशी, उत्कृष्ट बाल बचतकर्ता हेलिशा सिवाकोटी र उत्कृष्ट खुत्रुके बचतकर्ता आर्य सेढाईँ रहेका छन् । त्यसैगरी एक लाख शेयर पूँजी पु¥याउने संस्थाका ७ जना शेयर सदस्यहरु र संस्थाका व्यवस्थापक जितेन्द्र कार्कीसहित १० जना कर्मचारीहरुलाईसमेत सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर १४ का वडाध्यक्ष शंकरप्रसाद पोख्रेल, विशिष्ट अतिथि मेचीनगर ११ का वडाध्यक्ष सन्तोष मेचे र कार्यपालिका सदस्य बिन्दा प्रसाईँले संयुक्त रुपमा उनीहरुलाई सम्मान गरेका थिए । संस्थाकी सचिव सुनिता रिजालले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष सुरेश बुढाथोकीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here