भागबन्डा नमिल्दा नेकपा फुट्यो :जनमुक्ति

0
864

बिर्तामोड ।

आर्थिक विचलनमा डुबेको नेकपा सरकार भागबण्डाका कारण विभाजन हुन पुगेको राष्ट्रिय जनमुक्ति पार्टीको आरोप छ ।

अर्जुनधारा–४ को दहिझोडा र वडा नं. १ को सिस्नेमा भएको क्रियाशील सदस्यता वितरण तथा पार्टी सुदृढिकरण अभियानमा उपस्थित कार्यकर्ताहरुलाई समबोधन गर्दै पार्टी प्रदेश नं. १ का सचिव कृष्णकुमार थेवेले बताए ।

नेकपा फुटको विभाजनले आदिवासी जनजाति दलित तथा अल्पसंख्यकलाई असर नपर्ने बताउँदै अझ मजबुद भएर अगाडि बढ्नुपर्नेमा सचिव थेवेले जोड दिए । अर्जुनधारा–४ दहिझोडाको भेलामा पार्टीका पूर्व झापा जिल्ला उपाध्यक्ष भरतसिंह राई, नेता झापा शिवकुमार राई, युवा मोर्चा झापा अध्यक्ष तेजबहादुर योङहाङ अहिले लोकतन्त्र खतरामा पार्ने काम नेकपाका नेताहरुबाट भएको कारण यिनीहरुलाई विश्वास गर्नु नुहेन जोडि दिए ।

अर्जुनधारा पार्टी अध्यक्ष राजकुमार खालिङ्ग राईको सभापतित्वमा सम्पन्न सभामा जनमुक्ति पार्टीले विरोध सभा गरेर समय फ्याल्नुभन्दा पनि गाउँ–गाउँमा प्रशिक्षण र सदस्यता विस्तार गर्न उत्तम भन्दै वडा–वडामा गुन्द्री बैठक गर्दै अगाडि बढ्ने जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here