तुर्सा हेमरमको २६ औं स्मृति दिवस (श्रब्यदृष्य सहित)

0
1586

झापा।

प्रजातन्त्र सेनानी सम्मान पाउने सन्थाल समूहका अगुवा तथा प्रजातान्त्रिक आन्दोलनका नेता स्वर्गीय तुर्सा हेमरमको २६ औं स्मृति दिवस आज सम्पन्न भएको छ ।

कनकाई नगरपालिका कार्यालय नजिकै निर्माणाधीन तुर्सा हेमरम स्मृति प्रतिष्ठान परिसरमा स्मृति समारोह आयोजना गरी उनको राजनीतिक योगदान र जीवनीबारे चर्चा–परिचर्चा गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले साधा जीवन उच्च विचार भएका हेमरमले वी.पी.कोइरालाको अत्यन्तै निकट रहेर प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएको चर्चा गर्नुभयो ।

श्रब्यदृष्य

 

सन्थाल समुदायमा जन्मिएर हुकेका हेमरमले वी.पी. र नेपाली कांग्रेस झापाका पूर्व सभापति समाजवादी चिन्तक सि.के. प्रसाईका अत्यन्तै निकट रहेर राजनीति गरेको स्मरण गर्दै उनी प्रजातन्त्रप्रति निष्ठावान रहेको थापाले स्मरण गर्नुभयो ।

झापाका पूर्व उपसभापतिसमेत रहेका हेमरम वी.पी.का अन्त्यन्तै विश्वासपात्रमध्येका एक थिए । प्रजातान्त्रिक योद्धा तथा हेमरमका समकालीन नेता सुरेश बास्केले हेमरमको जीवनीबारे चर्चा गरेको कार्यक्रममा स्वागत प्रेममुनी मुर्मु र सञ्चालन शिव कँडेलले गरेका थिए ।

१९८० सालमा जन्मेका हेमरमको २०५४ साल पुष २० गते निधन भएको थियो । झापाको शरणामतिमा हेमरमको स्थायी बसोबास रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here