रोकिएन भारतीयको दादागिरिः इलामको सीमामा पिलर गाड्न खोज्ने एसएसबीलाई स्थानीयले लखेटे

0
951

इलाम,

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले पूर्वी सीमावर्ती क्षेत्र सूर्योदय नगरपालिकाको हिलेमा पिलर गाड्न खोजेपछि स्थानीयले लखेटेका छन्।

ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) को माध्यमबाट हिले क्षेत्रको सो भू–भागमा एसएसबीले कब्जा गर्न खोजेपछि स्थानीयले त्यहीँ पुगेर प्रतिकार गरेका हुन्। स्थानीयको हुलसहित सशस्त्र प्रहरी पुगेपछि एसएसबी आफूले गाढेको पिलर उखेलेर पछि हटेको थियो।

सशस्त्र प्रहरी बलको पशुपतिनगरस्थित बोर्डर आउट पोस्ट (बिओपी)का इन्स्पेक्टर नवीन खतिवडाले एसएसबीले ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस)ले देखाएको ठाउँ भन्दै नेपाली भू–भागपट्टि पिलर गाढ्ने प्रयास गरेको बताए।

‘जिपिएसको आधारमा आफनो भूमि दाबी गरेर विवादित ठाउँमा पिलर गाड्न खोजेको रहेछ।’ खतिवडाले भने, ‘स्थानीयबासिन्दासहित हाम्रो टोली त्यहाँ पुगेपछि एसएसबीको टोलीपछि हटेको छ।’ भारतले सीमाक्षेत्रमा राखेको एसएसबीको बिओपीमा नयाँ नेतृत्व आएपछि यहाँ पिलर गाड्ने प्रयास गरेको खतिवडाले बताए।-थाहा खबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here