इलाम।

इलामको देउमाई नगरपालिका–८ आमबोटेका ३३ बर्षीय सुवास राई श्रीमतीलाई हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।
आज बिहान साढे ५ बजेको समयमा राईले सामान्य घरायशी वादबिबादको बिषयलाई लिएर श्रीमती २७ बर्षीया नम्रता राईलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्या गरेको खबर पाए लगत्तै प्रहरी चौकी जितपुरबाट खटिएको प्रहरी टोलीले राईलाई नियन्त्रणमा लिएको जनाइएको छ ।































