दुर्घटना न्यूनीकरण गर्न होडिङ्ग बोर्ड

0
1111

उमानाथ भण्डारी,कमल।

सडकमा खुल्ला छोडिएका चौपायाका कारण हुने सवारी दुर्घटना र मानवीय क्षतिको न्यूनीकरण गर्न रतुवामाई वृक्षरोपण आयोजनाले ट्राफिक प्रहरी पोष्ट केर्खालाई होडिङ्ग बोर्ड प्रदान गरेको छ ।

सवारी दुर्घटनाका कारण हुने क्षतिको न्यूनीकरण गर्न रतुवामाई वृक्षरोपण आयोजना र ट्राफिक प्रहरी पोष्ट केर्खाको सहकार्यमा दुर्घटना हुने सम्भावित क्षेत्रमा सचेतनामूलक होडिङ्ग बोर्ड राखिएको हो । पूर्व–पश्चिम सडकखण्ड अन्तर्गत झापाको रतुवा खोलादेखि माई नदीसम्मको क्षेत्रमा खुल्ला चरिचरणका कारण अत्यधिक सवारी दुर्घटना हुने र त्यसकारण धनजनको बढी क्षति हुने गरेको छ ।

राजमार्ग उत्तर रहेको आयोजनामा क्षेत्रमा अनधिकृत रुपमा चरिचरणका लागि पशु ल्याउने गरेका कारण बढी दुर्घटना हुने गरेको छ । यसबाट हुने क्षतिको न्यूनीकरण गर्न आयोजनाको तर्फबाट चेतनामूलक होडिङ्ग बोर्ड प्रदान गरिएको र यसबाट दुर्घटना न्यूनीकरण हुने रतुवामाई वृक्षरोपण आयोजनाका प्रमुख खेमलाल विश्वकर्माले बताए ।

उनले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत सचेनामूलक सन्देशसहितका होडिङ्ग बोर्ड प्रदान गरेको बताए । कतिपय होडिङ्ग बोर्ड सडकमा अलपत्र र बवारिसे अवस्थामा भए पनि संस्थाले प्रदान गरेका बोर्ड दुई वर्षमा मर्मतसहित पुनः देखिने गरी राख्न ट्रापिक प्रहरीसँग सम्झौता भएको उनले बताए ।

यस्ता होडिङ्ग बोर्डले चौपाया धनीलाई सचेत गराउन सहयोग पुग्ने यदि पशुका कारण दुर्घटना भएमा चौपाया धनी स्वयम् जिम्मेवार हुने कानूनी प्रावधानले गर्दा क्षति न्यूनीकरण हुने ट्राफिक प्रहरी भोजराज चौलागाईले बताए ।
अब छिट्टै सडकमा हुने दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी पोष्ट केर्खाले ट्रिपर र ट्याक्टरमा रातको समयमा टल्किने स्टिकर (रिफफ्याक्टर) टाँस्ने ट्राफिक प्रहरी पोष्ट केर्खाका इञ्चार्ज प्रहरी हवल्दार रामचन्द्र बरालले जानकारी दिए । छाडा चौपायासँगै सडकमा दुर्घटना निम्त्याउनमा ट्रिपर, ट्याक्टर, सिटी र अटो रिक्सा उत्तिकै जिम्मेवार भएकाले यसतर्फ पनि ट्राफिक प्रहरीको ध्यान जान आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here