खनालको क्षेत्रमा ओलीको बृहत भेला

0
1180

विमल दहाल, माई।

नेपाल कम्युनिष्ट पार्टी नेकपा का बरिष्ठ नेता झलनाथ खनालको क्षेत्र इलामको माई नगरपालिका ओली पक्षधरको बृहत कार्यकर्ता भेला भएको छ । पार्टी नेतृतवलाई एकताको सनदेश दिने गरी भनिएको भेलामा सयौको सहभागिता रहेको थियो ।

माई नगरपालिकामा नेकपाका तर्फबाट निर्बाचित सबै जनप्रतिनिधि सहित कार्यक्रममा प्रचन्ड माधब समुहको गैर राजनीतिक चरित्रको कारण सहभागी भएको दाबी गरिएको थियो । नेकपाका केन्द्रिय सदस्य, इलामका अध्यक्ष तथा प्रदेश नम्बर १ का भुमिव्यवस्था, कृर्षि तथा सहकारी राज्य मन्त्री राम रानाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा सबै कम्युनिष्ट एक हुन आग्रह गरिएको थियो ।

नेकपा माई नगर कमिटी इलामले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रमुख अथिति रानाले आर्थिक विकास, सुखी समृद्धि नेपाल निर्माणमा बृहत कम्युनिष्ट पार्टी बनाउन केपी शर्मा ओलीको पक्षमा रहन सबै कार्यकर्ताहरुलाई आग्रह गरे । मन्त्री रानाले प्रचन्ड(नेपाल समुह ब्याक्तिबादी स्वार्थमा लागेकाले नीजि स्वार्थ, भष्टूचार, कुशासन र अनियमितताको पक्षमा जनताले दुःख पाउने भन्दै राजनीति खुला समाज भएकाले पार्टी कमिटी नजीक रहेर काम गर्न कार्यकर्तालाई आग्रह गरेका थिए ।

इलामका प्रदेश सभा साँसद काजीमान कागतेले घेराबन्दीमा परेको सरकारले जनतामा जानु सही गरेको दाबी गरे । कागतेले भष्टूचारीलाई अख्तियारले कार्बाही गर्ने दिन आएकाले सो समुह सडकमा गई चिच्याउन थालेको आरोप लगाएका थिए ।

नेकपा केन्द्रिय सदस्य प्रेम गिरीले केपी ओली सरकारले स्थायी शान्ति, स्थानीय सरकार मजबुत, बिदेश संगको सन्तुलीत सम्बन्ध, मजबुत अर्थतन्त्र, सुशासन तथा विकास र सबृद्धिको बाटोमा लागेकाले घेराबन्दी भएको जिकिर गरे ।

जिल्ला समन्य समितका प्रमुख तथा नेकपा केन्द्रिय सदस्य गणेश बरालले जनप्रतिनिधि र पार्टी कमिटी असल नेतृत्वको पक्षमा रहेकोमा आगामी निर्बाचनमा बिजय हुने दाबी गरेका छन । उनले जनतालाई सम्बृद्धि र सुखी राख्न गरिएको पार्टी एकतामा सरकारलाई बारम्बार असहयोग भएकाले सरकार निर्बाचनमा जान बाध्य भएको दाबी गरे । जिल्ला कमीटी सदस्य नबराज शंकरले केही नेताको पेशानै पार्टी फुटाउने रहेको धारणा राखेका थिए ।

कार्यक्रमको अध्यक्षता गरेका माईका मेयर दिपक कुमार थेबेले रानो महुरी जता गए पनि घर नछोड्ने प्रतिबद्धता गरेका थिए । पुर्ब प्रधानमन्त्री झलनाथ खनाललाई संकेत गर्दै थेबलेले रानो महुरी केही ज्यामी मौरी सहित घार छोडेर हिडेकाले चाडै घारमा फर्कने दाबी गरे । नेकपा जिल्ला कमिटी सदस्य समेत रहेका थेबेले ७२ प्रतिशत ऐलानी जग्गामा आगामी जेठ सम्ममा धनिपुर्जा प्रदान गर्न सरकारको काममा सहयोग गर्न सबै माई बासीमा आग्रह गरेका थिए ।

माई नगरपालिकामा बाटो बिद्युत खानेपानीका काम भईरहेको बताँउदै मेयर थेबेले सबै माईबासी एक भएमा चाडो सफलता पाउने दाबी गरे । माई नगरबासी निर्णायक भएको भन्दै आगामी स्थानीय र प्रदेश सभाको निर्बाचनमा बिजयी रहने समेत दाबी गरे । रानो मौरी आगामी निर्बाचनमा पराजीत भएपछी ज्यामी मौरी घार खोज्दै आउने दाबी थेबेले गरेका थिए ।

माईका सयौ कार्यकर्ताको सहभागिता रहेको कार्यक्रममा जिल्ला कमिटी सदस्य तथा माईका उपमेयर बिष्णुमाया आचार्य, जिल्ला कमिटी सदस्य रत्न बहादुर अधिकारी, नगर खेलकुद समितिका अध्यक्ष अनिल तामाङ, युवा संघ नेपाल माईका अध्यक्ष कुमार लिम्बु, नेकपा माईका सचिब हेम बहादुर लायो मगर लगायतले मन्तब्य राखेको कार्यक्रमको सञ्चालन नेकपाका मेघनाथ गिरीले गरेको जनाईएको छ । अगुवा कार्यकर्ता भेलामा माईका टोल टोलबाट सयौ कार्यकर्ता, शुबेच्छुक, सर्मथकको सहभागिता रहेको थियो ।

यसै बिच शुक्रबार नेकपा माई नगरपालिका संसदीय दल र पार्टी कमिटीले एकताको पक्षमा निर्णय गर्दै एउटै पार्टीमा माईबासी समाहित हुने निर्णय गरेको माई नगरपालिका संसदीय दलका नेता तथा माईका मेयर दिपक कुमार थेबेले जानकारी दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here