सुनसरी।

इनरुवा नगरपालिका–२ का अजय पण्डितलाई छुरा प्रहार गरी घाईते बनाई नगद तथा मोवाइल लुटपाट गरी फरार रहेका दुई जना पक्राउ परेका छन् ।
गत पुस१७ गते बिहान इनरुवा नगरपालिका–९ मा पण्डितलाई छुरा प्रहार गरी पण्डितसंग रहेको नगद तथा मोवाइल लुटपाट गरी फरार रहेका देवानगञ्ज गाउँपालिका–५ घर भई इनरुवा–१ मा बस्दै आएका २२ बर्षीय गजेन्द्रप्रसाद ठाकुर र महदेवा गाउँपालिका–५ सप्तरी घर भई इनरुवा–१ बस्दै आएका २१ बर्षीय मुकेश मण्डललाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका दुई जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।































