बिर्तामोड ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाका बिर्तामोड नगर कमिटी अध्यक्ष ज्ञानुराम प्रसाईंलाई मातृशोक परेको छ ।

प्रसाईंकी आमा तथा बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईकी सासूआमा अर्जुनधारा नगरपालिका–९ प्रणामीटोल निवासी गंगादेवी प्रसाईंको ८३ बर्षको उमेरमा सोमबार निधन भएको हो ।
स्व.प्रसाईका श्रीमान् प्रेमप्रसाद प्रसाईं , तीन जना छोरा –बुहारीहरुमा पुष्प –कुन्ता प्रसाईं, ज्ञानुराम – पवित्रा महतारा प्रसाईं , टीकाराम –देवकला प्रसाईं रहेका छन् ।
त्यस्तै छ जना छोरी –ज्वाईंहरुमा गोमादेवी–यदु विमली, पम्फादेवी सिटौला ,पुष्पा –गणेश सिटौला , प्रेमकुमारी –धर्म संग्रौला , अनिता –देवी चुडाल , कल्पना –युवराज ओडारी रहेका छन् । त्यस्तै उनका २३ जना नातीनातीनि र १३ पनातीपनातीनि रहेका छन् ।
उनका छोराहरुमध्ये ज्ञानुराम नेकपा बिर्तामोड नगर कमिटी अध्यक्ष , देवी मावि बिर्तामोडका अध्यक्ष , मनमोहन सामुदायिक अस्पतालका कोषाध्यक्ष, झापा नाटकघर निर्माण व्यवस्थापन समितिका संयोजक , झापा इनर्जी कम्पनि लिमिटेडका सञ्चालक, कनकाई–बिर्ता–अर्जुन नविकरणीय उर्जा कम्पनिका सञ्चालक, प्रसाईं ट्रष्ट कल्याणकारी कोष केन्द्रीय समितिका माहासचिबलगायत विभिन्न संघ–संस्थामा आवद्ध रहेका छन् ।
त्यस्तै बुहारी पवित्रा बिर्तामोड नगरपालिकाकी उपप्रमुख , आत्मनिर्भर महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष , लिला कट्टेल स्मृति प्रतिष्ठानकी कोषाध्यक्ष, द्रोर्णाचार्य स्मृति प्रतिष्ठाकी सदस्य छिन् ।
त्यस्तै पुष्प अर्जुनधारा – ९ का वडाध्यक्ष हुन् भने टिकाराम नेकपा बिर्तामोड वडा कमिटी –५ का सदस्य हुन् ।
स्व.प्रसाईंको मंगलबार कनकाई आर्यघाटमा अन्त्येष्टी गरिएको पारिवारीक श्रोतले जनाएको छ ।































