जन्मोत्सवमा राजबीरको उदाहरणीय कार्य

0
1412

तुलसीप्रसाद निरौला ,बिर्तामोड  ।

जन्मोत्सव मनाउँदा केक काटेर , साथीभाईलाई पार्टी दिएर रमाइलो गर्ने हरेकको चाहना हुन्छ । त्यसमा पनि बालबालिकाको चाहना अधिक हुन्छ । तर, झापा शिवसताक्षी बडा नं –४ का सात वर्षिय राजबीर साहले भने त्यसलाई चिर्दै आफ्नो जन्मोत्सव सामाजिक कार्य गरेर मनाएका छन् ।

सात वर्षिय राजबीर साहले विपन्न महिलालाई सेनेटरी प्याड वितरण , दृष्टिबिहिन बृद्धलाई आर्थिक सहयोग र कार्यक्रम सञ्चालकलाई प्रोत्साहन रकम प्रदान गरेर आफ्नो जन्मोत्सव मनाएका हुन् ।

बिर्तामोडको कनकाई एजुकेशन फाउण्डेशनमा कक्षा दुईमा अध्ययनरत् उनले बोलोचोक बिकास समिति मार्फत स्थानीय ७० बर्षिय दृष्टिबिहिन सियाराम महतोलाई मासिक एक हजार रुपैयाँ प्रदान गरेका थिए । उक्त रकम एक वर्षसम्म प्रदान गरिने बताइएको छ । रकम प्राप्त गरेपछि उनले बालक साहलाई आर्शीवाद दिएका थिए ।

त्यस्तै बालक राजबीर साहले शिवसताक्षी –४ का छ सय जना महिलालाई सेनेटरी प्याड वितरण गरेका थिए । बोलोचोक बिकास समितिका पदाधिकारीहरुको सहयोगमा घर –घरमा पुगेर छ सय जना महिलालाई सेनेटरी प्याड वितरण गरिएको थियो ।

 

त्यसैगरी बालक राजबीर साहले बोलोचौक बिकास समितिको फेसबुक लाईभ कार्यक्रम सानो प्रयासका सञ्चालकहरुलाई प्रोत्साहन रकम प्रदान गरेका थिए ।

कार्यक्रम सानो प्रयासका सञ्चालकहरु अस्मिता न्यौपाने , अनिता दुलाल, बबिता ताजपुरीया ,रञ्जिता पाठक ,लक्ष्मीदेबी ताजपुरीया ,यमुना प्रसाई संग्रौला र भगवती खंड्का, मुना सिटौला आचार्यलाई जनही एक हजार एक सय रुपैयाँ प्रोत्साहन स्वरुप प्रदान गरिएको थियो ।

 

 

आफ्नो छोरालाई सानै उमेरदेखि असल संस्कार दिन सामाजिक कार्य गरेर छोराको जन्मदिन मनाएको उनका पिता डा. धर्मेन्द्रकुमार साहले जानकारी दिए ।

कार्यक्रममा सहभागी शिवसताक्षी बडा नं –४ की वडा सदस्य सरिता लकान्द्री, स्वास्थ्य चौकी महाभाराकी ल्याव प्रमुख सुनिता महतो , टिका पाठक, पर्शुराम महतो लगायतले जन्मोत्सवको नाममा गरिने फजुल खर्चले समाजमा विकृति ल्याएकोमा सामाजिक कार्य गरेर जन्मोत्सव मनाएकोमा वालक राजबीर साहको प्रशंसा गरेका थिए ।

जन्मोत्सवको नाममा गरिने फजुल खर्चले सामाजिक कार्यमा हातेमालो गरौं भन्ने उद्देश्यले गत २०७६ कात्तिक २० गते बोलोचोक बिकास समिति नामक सामाजिक संस्था गठन गरेर संस्थाको व्यवस्थापनमा जन्मदिन मनाउने सो संस्थाका सदस्यहरुको जन्मदिनका अवसरमा विभिन्न सामाजिक कार्य गरिँदै आएको बोलोचोक बिकास समितिका अध्यक्ष डा. धर्मेन्द्रकुमार साहले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here