ट्रकको ठक्करबाट शिवसताक्षीमा बालकको मृत्यु

0
946

दूधे ।

झापाको शिवसताक्षी नगरपालिकास्थित दुधे–शिवगञ्ज भित्री सडक खण्डमा मालबहाक ट्रकको ठक्करबाट बिहीबार बिहान एघार बर्षीय बालकको घटना स्थलमै मृत्यु भएको छ ।

शिवगञ्जबाट दुधे तर्फ आउँदै गरेको मे १ख ३१९२ नम्बरको ट्रकको ठक्करबाट स्थानिय धनबहादुर राईको ११ बर्षीय छोरा भीम राईको घटना स्थलमै मृत्यु भएको हो । उक्त सडकखण्डअन्तर्गत शिव चोकमा साइकलमा सवार वालक लाई ट्रकले ठक्कर दिएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

झिलझिले ट्राफिक प्रहरी पोष्टका इन्चार्ज गणेश श्रेष्ठ अनुशार मृतक राई साइकलमा सवार थिए । र्दुघटना गराउने ट्रक र चालक मेचिनगर –१० का जीवन लामालाई इलाका प्रहरी कार्यलय झिलझिलेले नियन्त्रणमा लिएको छ । र्दुघटनाका बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here