गौतम बुद्ध प्राथमिक विद्यालयको ५७ औं वार्षिक उत्सव मनाइयो

0
993

भद्रपुर ।

गौतम बुद्ध प्राथमिक विद्यालय भद्रपुरको ५७ औं वार्षिक उत्सव विविध कार्यक्रम गरी मनाइएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आरती पन्तको अध्यक्षता तथा भद्रपुर नगरपालिका ५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वर्गीय ओमप्रकाश गोयलको स्मृतिमा उनका भाइ दिनबन्धु गोयलले कक्षागत प्रथम, द्वितीय र तृतीय हुने छात्रछात्रालाई नगद दुई हजार, १५ सय र एक हजारको दरले पुरस्कृत गरेका थिए ।

त्यस्तै सोही अवसरमा विद्यालयले उत्कृष्ट शिक्षकतर्फ टीका रेग्मी, सहयोगी शिक्षकतर्फ सुरेशकुमार न्यौपाने, विशेष सम्मानतर्फ विद्यालयका प्रअ जयन्ती मानी, प्रोत्साहन पुरस्कारतर्फ कर्मचारी रमिला दवाडी, कक्षा शिक्षण पुरस्कारतर्फ अर्चना दाहाल, प्रोत्साहन पुरस्कारतर्फ मनिका हवल्दार, तारा मैनाली र जमुना मिश्रलाई सम्मानसहित पुरस्कृत गरिएको थियो ।

त्यसैगरी शुभ लक्ष्मी पुरस्कारबाट दुई जना विद्यार्थी र एक जना अभिभावकलाई सम्मानसहित पुरस्कृत गरिएको थियो । प्रेम–आरती पन्त पुरस्कारबाट दुई जना विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा विद्यालयका पूर्व प्रअ लोहित भण्डारी, मेची बहुमुखी क्याम्पसका सह प्राध्यापक गीता श्रेष्ठ, सल्लाहकार सदस्य लता कार्की, शारदा आधारभूत विद्यालयका प्रअ कोपिला गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए । स्वागत मन्तव्यसँगै विद्यालयको वार्षिक गतिविधि बारे विद्यालयका प्रअ जयन्ती मानीले राखेकी थिइन् भने कार्यक्रमको सञ्चालन शिक्षक शर्मिला अधिकारीले गरेकी थिइन् । कार्यक्रममा सहभागीलाई भुपु विद्यार्थी विवेक रिजालले मास्क र स्टेशनरी सामग्री वितरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here