शिभांसु स्मृति प्रतिष्ठानद्वारा २१७ जना विद्यार्थीलाई सहयोग

0
410

चारपाने ।

अपाङ्गता भएका तथा विपन्न बालबालिकालाई शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने उद्देश्यले स्थापित शिभांसु स्मृति प्रतिष्ठानले विपन्न समुदायका बालबालिकालाई शैक्षिक सामग्री र स्वीटर वितरण गरेको छ ।

झापा गाउँपालिका–७ मा रहेको जनकल्याण माविमा अध्ययनरत् दुई सय १७ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । १० महिनाकै उमेरमा निधन भएका शिभांसु बिमलीको परिवारले १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरी सहयोग वितरण गर्दै आएको प्रतिष्ठानका सदस्य केशवप्रसाद ओझाले जानकारी दिए ।

यसअघि पाँच पटक कनकाईको हिमाली माविमा जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीलाई सहयोग वितरण गरिँदै आएकोमा योपटक शिभांसुको छैठौँ स्मृति तिथिको दिन जनकल्याणका विपन्न परिवारका विद्यार्थीलाई शैक्षिक सामग्री र स्विटर प्रदान गरिएको ओझाले बताए ।

शिभांसुका जेठा हजुरबुवा यमनाथ बिमलीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य लोकबहादुर बस्नेत, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवनाथ लम्साल, प्रतिष्ठानका सदस्यहरु कमला पराजुली, शिव पराजुली, राम पराजुली लगायतले सामग्री वितरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here