हल्दिवारी र कचनकवलमा आज सार्वजनिक विदा

0
603

भद्रपुर ।

झापाका दुई वटा स्थानीय तहले सोमबार सार्वजनिक बिदा दिएका छन् ।

राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा जिल्लाको कचनकवल गाउँपालिका र हल्दिबारी गाउँपालिकाले स्थानीय तहमा सार्वजनिक बिदा दिएको हो ।

कचनकवल गाउँपालिकामा पुस १७ गते बसेको बैठकले नेपाल एकीकरणका राष्ट्रिय प्रणेता पृथ्वीनारायण शाहको योगदानको उच्च सम्मान गर्दै विगतमा मनाउँदै आएको राष्ट्रिय एकता दिवसलाई भव्य रुपमा मनाउन गाउँपालिकाभरि सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले जानकारी दिए ।

त्यस्तै हल्दिबारी गाउँपालिकामा पनि पुस २३ गते बसेको कार्यपालिकाको बैठकले राष्ट्रिय एकता दिवस भव्य रुपमा मनाउने भएको छ । सो गाउँपालिकाले आफ्नो स्थानीय तहमा बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले जानकारी दिए ।

विगतका वर्षहरूमा पनि यी दुई गाउँपालिकाले राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिँदै आइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here