एड्भान्स अस्पताल दमकमा जटिल रोगको पनि सफल उपचार

0
787

दमक ।

एड्भान्स अस्पताल दमकमा हाड जोर्नि तथा नशा रोग बिषेसज्ञ डा. अनुप पोखरेलको टिमले जटिल खालको सल्यक्रिया सफल पारेको छ । झापा शिवसताक्षी नगरपालीका वडा नम्बर ६ शिवगञ्जका बिनोद यादवको हिपको जोर्निको सल्यक्रिया गरीएको हो ।

कम्मरका दुवै भागमा रहेको जोर्नि को नशा फुटेर सुकिसकेको अवस्थामा उपचारका लागी आउनु भएका यादवको सल्यक्रिया मार्पmत जोर्नि फेरीएको अस्पतालका हाड जोर्नि तथा नशारोग बिषेशज्ञ डा. पोखरेलले बताउनु भयो ।

अत्यधिक मादक पदार्थ सेवनका कारण नशा फुटेर यादवको जोर्नि मरेको थियो । जोर्निको हड्डी सुकेर खुट्टानै छोटो भईसकेको अवस्थामा सल्यक्रिया गरी अहिले सामान्य अवस्थामा ल्याईएको डा. पोखरेलले बताउनु भयो ।

४० बर्षकै उमेरमा हिँडडुल गर्न नसक्ने भएका यादवलाई अहिले उपचार पछि सामान्य अवस्थामा ल्याईएको छ । उहाँले अब निको भईसकेपछि अन्य सामान्य व्यक्ति सरह काम गर्न सक्ने डा. पोखरेलले बताउनु भयो । यो सल्यक्रिया धरानको घोपा क्याम्पमा गरिने भए पनि प्रदेश १ का निजि अस्पतालहरुका लागी नौलो भएको उहाँले बताउनु भयो ।

सल्यक्रिया गरेको तिनदिनमै आज हिँड्न सक्ने अवस्थामा पुगेको बिरामी यादवले बताउनु भयो । उठ बस गर्नै नसक्ने अवस्थामा पुगेको अफुलाई डा. पोखरेलले नयाँ जिवन दिएको उहाँले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here