सतासी बहुमुखी सहकारी संस्थाको १७ औं बार्षिक साधारण सभा

२७ पुष २०७७, सोमबार मा प्रकाशित

तुलसीप्रसाद निरौला,बिर्तामोड ।

झापाको बिर्तामोड –५मा रहेको सतासी बहुमुखी सहकारी संस्था लिमिटेडको १७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष रुद्रमणी श्रेष्ठको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी उपाध्यक्ष सुजता गुरुङले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका सहकारी तथा सामाजिक विकास शाखा अधिकृत डिल्ली दाहाल , बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष रुद्रमणी श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले कोरोना कहरका कारण गत पुस ५ गतेदेखि १३ गतेसम्म संस्थाको शाखा कार्यालयहरुबाट शेयर सदस्यहरुलाई वार्षिक प्रगति प्रतिवेदन बितरण गरी पुस १७ गतेसम्म सुझाव लिइएको बताए ।
उक्त सुझाव कार्यालयगत एकाई उपसमितिले अध्ययन गरी सञ्चालक समितिमा सिफारिस गरेको र तीनै सुझावसहितको माइन्युट लेखन र साधारण सभा सोमबार गरिएको उनले बताए ।

संस्थामा शेयर सदस्य चार हजार आठ सय ९० जना , शेयर पूँंजी चार करोड ८० लाख ८९ हजार सात सय रुपैयाँ , निक्षेप ३२ करोड ७१ लाख ६२ हजार एक सय ७४ रुपैयाँ , ऋण लगानी ३८ करोड ४० लाख ७२ हजार आठ सय तीन रुपैयाँ र नाफा एक करोड १६ लाख १० हजार एक सय ८५ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले झापाको बिर्तामोड,अर्जुनधारा,कनकाई, मेचीनगर नगरपालिका र हल्दीवारी गाउँपालिकाको कोराना कोषमा ५० हजार रुपैयाँको दरले दुई लाख ५० हजार रुपैयाँ प्रदान गरेको, लकडाउनको समयमा लिइएको कर्जाको व्याजमा १० प्रतिशत छुट र हर्जना मिनाह गरी २४ लाख ९६ हजार आठ सय ३७ रुपैयाँ राहत दिइएको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै संस्थाका अध्यक्ष श्रेष्ठले संस्थाले गर्दै आएका र आगामी वर्ष गर्ने बचत कारोबार तथा नीतिगत संसोधन, व्याज दर परिमार्जन, सहकारी शिक्षा ,तालिम, रेमीट्यान्स सेवा, संरक्षित पूँजी फिर्ता कोष वितरण, सहकारी पसलको शाखा विस्तार र छुट, साझेदारी व्यवसाय, प्रविधिको विकास र उपकरणको व्यवस्था, नीति तथा कार्यविधी संशोधन, विधान संशोधन, सतासी राहत कोषको व्यवस्थासहितको कार्ययोजना प्रस्तुत गरेको र त्यसलाई साधारण सभाको वन्दसत्रले पारित गरेको बताइएको छ ।

कार्यक्रममा लेखा समितिका संयोजक दिनेश शाक्यले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाका प्रबन्धक सन्तोषकुमार श्रेष्ठले वजेटसहितको आर्थिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन समेत प्रवन्धक श्रेष्ठले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here