बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मी पक्राउ

0
922

काठमाण्डाै,

प्रतिलिपि अधिकार उल्लङ्घन गरेको आरोपमा बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मी पक्राउ परेकी छिन् ।

कलाकारहरुले प्रतिलिपि अधिकार उल्लङ्घन गरेको आरोपमा उजुरी दिएपछि उनलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

जिल्ला अदालत काठमाण्डौबाट पक्राउ अनुमति पाएपछि रेग्मीलाई पक्राउ गरिएकाे प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले बताउनुभयो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।-उज्यालो अनलाइनबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here