हाम्रो ऊँ नमः शिवायको पाँचौ बार्षिक साधारणसभा सम्पन्न

0
971

बिर्तामोड ।

हाम्रो ऊँ नमः शिवाय कृषि सहकारी संस्था बिर्तामोड–५ को पाँचौ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

बिर्तामोड–२ स्थित चारपानेको पर्शुराम पार्टी प्यालेसमा मंगलवार साधारणसभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष वालकृष्ण गिरीको अध्यक्षतामा नेपाल दशनामी समाज केन्द्रिय संरक्षक भरतलाल गिरीको प्रमुख अतिथ्यता रहेको थियो ।

स्वागत अग्रज पत्रकार तथा संस्थाका सल्लहकार गोपाल गिरीले गरेको कार्यक्रममा प्रमुख अतिथि, विशिष्ठ अतिथि तथा नेपाल दशनामी समाज केन्द्रिय सल्लाहकार केदारप्रसाद गिरी, समाजका प्रदेश नं.१ अध्यक्ष तथा संस्थाका सल्लाहकार चन्द्रप्रसाद गिरी, समाजका झापा अध्यक्ष खिलबहादुर गिरी (राजु), उर्जाशिल कृषि सहकारीका अध्यक्ष युवराज दाहाललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक तथा सदस्य सचिव अर्जुन गिरीले गरेका थिए ।

९५ जना शेयर सदस्य रहेको संस्थाको शेयरपुँजी ५० लाख रुपैयाँ रहेको छ । संस्थाले हल्दिवारी–२ मा १६ कठ्ठा जग्गा खरिद गरेको अध्यक्ष गिरीद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । संस्थाले खरिद गरेको जमिनमा धान खेती गरी १६ हजार ३ सय ५० रुपैयाँ नाफा गरेको प्रतिवेदनमा छ । संस्थाले ११ लाख रुपैयाँ ऋण लगानी गरेको जनाइएको छ ।

संस्थाले आर्थिक बर्ष २०७६÷७७ मा २ लाख ३७ हजार ४ सय १० रुपैयाँ २२ पैसा आम्दानी गरी २ लाख १६ हजार ८ सय ५३ रुपैयाँ ३३ पैसा खर्च गरी खुदनाफा २० हजार ५ सय ५६ रुपैयाँ ३३ पैसा गरेको प्रतिवेदनमा छ । कार्यक्रममा अध्यक्ष गिरीले ७ बुँदे प्रस्ताव समेत पेश गरेका थिए ।

कार्यक्रममा लेखा समिति संयोजक उमेश भारतीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा लेखा समिति सदस्य खड्गराज गिरीलगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here