अर्जुनधारा नगरपालिकाको आठौं नगर सभा सुरु

0
899

अर्जुनधारा ।

अर्जुनधारा नगरपालिकाको आठौं नगर सभा मंगलबार देखि सुरु भएको छ ।

सोही नगरपालिका–३स्थित पर्यटकीय क्षेत्र कैदले पर्यापर्यटन केन्द्रको सभाहलमा नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा आयोजित सभाको प्रमुख अतिथि प्रदेश नं.१का सांसद् वृख प्रधानले उद्घाटन गरेका थिए ।

नगर प्रमुखको सचिवालयले दिएको जानकारी अनुसार आगामी माघ ६ गतेसम्म विभिन्न चरणमा बैठक सञ्चालन हुने उक्त सभामा आठ वटा विधेयक पेश गरिएको छ ।

त्यसरी पेश गरिएको विधेयकहरुमा अर्जुनधारा नगरपालिकाको सहकारी विधेयक, अर्जुनधारा नगरपालिकाको प्रशासकीय कार्यविधि(नियमित गर्ने) विधेयक, अर्जुनधारा नगरपालिकाको शिक्षा विधेयक, अर्जुनधारा नगरपालिकाको संस्था दर्ता विधेयक रहेका छन् ।

त्यस्तै अन्य विधेयकहरुमा अर्जुनधारा नगरपालिकाको नगर प्रहरी व्यवस्थापन विधेयक , अर्जुनधारा नगरपालिकाका नगर कार्यपालिकाको निर्णय वा आदेश वा अधिकार पत्रको प्रमाणीकरण(व्यवस्थित गर्ने कार्यविधि) विधेयक, अर्जुनधारा नगरपालिकाको प्राकृतिक स्रोत तथा वातावरण संरक्षण विधेयक र अर्जुनधारा नगरपालिकाको कृषि व्यवसाय प्रबद्र्धन विधेयक रहेका छन् ।

सोही सभामा वस्तु तथा सेवा उपभोक्ता महासंघका अध्यक्ष एवम् “भान्सा नै औषधालय”का अभियन्ता रोमलाल गिरीले अभियानका विषयमा जानकारी गराएका थिए । सभाको सञ्चालन सूचना अधिकारी हिमराज सेंढाईंले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here