लालीगुँराम महिला कृषि सहकारी संस्थाको अध्यक्षमा पुनः पौड्याल

0
560

अर्जुनधारा ।

1487

झापाको अर्जुनधारा–८ स्थित लालीगुँरास महिला कृषि सहकारी संस्थाको १४औं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ ।

संस्था सञ्चालक समितिकी अध्यक्ष मेनुका पौड्यालको अध्यक्षता र झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालको प्रमुख आतिथ्यतमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष चन्द्रकुमारी सुब्बाले व्यक्त गरेकी थिइन् ।

सभामा अध्यक्ष पौड्यालले गत आर्थिक वर्ष ०७६÷०७७को प्रतिवेदन तथा चालु आर्थिक वर्ष ०७७÷०७८को कार्ययोजना उल्लेख भएको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

प्रस्तुत प्रतिवेदनमा संस्थाको जम्मा शेयर पूँजी ५९ लाख ८७ हजार तीन सय रुपैयाँ, जगेडा कोषमा २५ लाख ७७ हजार एक सय ५९ रुपैयाँ, कर्जा जोखिम कोषमा ११ लाख एक हजार आठ सय ४६ रुपैयाँ, अन्य कोषहरुमा १० लाख ९० हजार चार सय ६७ रुपैयाँ, निक्षेप बचत दुई करोड २१ लख ५४ हजार आठ सय ७७ रुपैयाँ, कर्जा लगानी तीन करोड सात लाख २६ हजार चार सय २२ रुपैयाँ ७८ पैसा उल्लेख गरिएको छ ।

सोही सभामा ज्येष्ठ शेयर सदस्यद्वय ओमादेवी ढकाल र कृष्णमाया भट्टराईलाई सम्मानित गरिएको थियो । त्यसैगरी सभामा बाल बचततर्फ कृतिका खनाल, दैनिक बचततर्फ रविना अधिकारी र सन्तोष गुप्ता, मासिक बचततर्फ टिका धिमाल र टेककुमारी रिमाल र कर्जातर्फ टिका प्रसाईं कटुवाल र सुशिला राजवंशीलाई पुरस्कृत गरिएको थियो ।

सभामा नगर सहकारी समन्वय समितिका सचिव कृष्णप्रसाद चापागाईं, सहनशिल महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष ज्ञानकुमारी थापा र संस्थाका सल्लाहकार संयोजक शान्तिराम मिश्रले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । प्रज्वला अपाङ्ग तथा महिला बहुउद्धेश्यीय सहकारी संस्थाकी व्यवस्थापक तुलसा कुँवर, सल्लाहकार सदस्य बिमला विष्टलगायतको आतिथ्यता रहेको सभाको सञ्चालन व्यवस्थापक पवित्रा श्रेष्ठ गिरीले गरेकी थिइन् ।

सोही सभाले पुनः मेनुका पौड्यालको अध्यक्षतामा सात सदस्यीय सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा चन्द्रकुमारी लिम्बू, र सदस्यहरुमा कुमारी गिरी, टोमा भट्टराई, विष्णु रेग्मी, सीता भट्टराई र हीमादेवी विष्ट चयन भएका छन् ।

त्यस्तै सभाले मीना श्रेष्ठको संयोजकत्वमा तिलरुपा अधिकारी र लक्ष्मी भण्डारी सदस्य रहेको तीन सदस्यीय लेखा समिति सर्वसम्मत चयन भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here