राम जानकी कृषि सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा

२९ पुष २०७७, बुधबार मा प्रकाशित

तुलसीप्रसाद निरौला ,बिर्तामोड ।

राम जानकी कृषि सहकारी संस्था बिर्तामोड–५ को १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष दलबहादुर कार्कीको अध्यक्षता तथा जिल्ला सहकारी संघ झापाका सचिव युवराज ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष जीवन सुवेदीले स्वागत गरेका थिए ।

गरामनी कृषि सहकारी संस्थाका अध्यक्ष ताराप्रसाद चापागाईंले शुभकामना मन्तव्य राखेको कार्यक्रममा संस्थाका अध्यक्ष दलबहादुर कार्कीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उनले कोरोना कहरका कारण गत पुस २५ गतेदेखि संस्थाको बिर्तामोड, सुरुङ्गा , हल्दीबारी, चकचकी, कामाटोलीमा सेवाकेन्द्रमा साधारण सभा गरी शेयर सदस्यहरुबाट सुझाव लिएर बुधबार साधारण सभाको समापन गरेको जानकारी दिए ।
संस्थाका शेयर सदस्य पाँच हजार एक सय ८२ जना , शेयर पुँजी एक करोड २२ लाख १८ हजार दुई सय रुपैयाँ , निक्षेप नौ करोड ४२ लाख ५१ हजार ६ सय ४७ रुपैयाँ ३९ पैसा , ऋण लगानी १२ करोड १९ लाख ९६ हजार नौ सय ८७ रुपैयाँ ३१ पैसा , नाफा १६ लाख ३८ हजार ८५ रुपैयाँ ५३ पैसा , कर छ लाख ६८ हजार छ सय ८२ रुपैयाँ बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले आठ वटा सेवाकेन्द्र विस्तार गर्ने , रासायनिक मल वितरण, बिर्तामोड, सुरुङ्गा , हल्दीबारी, चकचकी, कामाटोलीमा सेवाकेन्द्र सञ्चालन गरेको, कोरोना राहतकोषमा ६५ हजार रुपैयाँ, पीसीआर ल्यावका लागि २५ हजार एक सय एक रुपैयाँ , ऋणको व्याजमा १० प्रतिशत जरिवाना मिनाह गरेको , एसएमएस सेवा, युटीलिटी पेमेन्ट सेवा ,डीसीएस सिस्टमबाट रकम संकलन गर्ने व्यवस्था गरेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा संस्थाका व्यवस्थापक शुक्रराज भण्डारीले संस्थाको वार्षिक नीति तथा कार्यक्रम तथा बजेट सम्वन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा समितिका संयोजक ज्ञानेन्द्रप्रसाद पोखरेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष भीमबहादुर थापाले गरेको बिर्तामोड सेवाकेन्द्र प्रमुख इश्वरी कार्की बस्नेतले जानकारी दिइन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here