शनिश्चरे आयुर्वेद औषधालयले मनायो राष्ट्रिय योग दिवस

१ माघ २०७७, बिहीबार मा प्रकाशित

अर्जुनधारा ।

“गरौं योग डटेर, कोभिड जान्छ हटेर” भन्ने मुख्य नारासहित शनिश्चरे आयुर्वेद औषधालयले बिहीबार राष्ट्रिय योग दिवस–२०७७ मनाएको छ ।

औषधालय सञ्चालन तथा व्यवस्थापन समितिकी उपाध्यक्ष पुनम सुवेदीको अध्यक्षता र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका पूर्व आयुर्वेद निरिक्षक सकलदेव चौधरीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य वैद्य निरिक्षक पुष्कर खतिवडाले गरेका थिए ।

औषधालयका प्रमुख वरिष्ठ कविराज अनिल ठाकुरले योगको औचित्य बारे जानकारी गराएको कार्यक्रममा योग प्रशिक्षक रमेश पोखरेलद्वारा कार्यक्रमका सहभागीहरुलाई योगाभ्यास गराइएको थियो ।

कार्यक्रममा वडा सचिव प्रकाश पौड्याल, अर्जुनधारा जलेश्वर धामका मूल अर्चक अग्निप्रसाद सिग्देल, शनिश्चरे–अर्जुनधारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष शंकर सुवेदीलगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here