हेयरस्टाइलिस निलडेविडलाई डेनियलको साथ

0
878

तुलसीप्रसाद निरौला ,बिर्तामोड ।

झापा कनकाई नगरपालिका–८ लक्ष्मीपुरका डेनियल डेविड कटुवाल १८ वर्षका भए । उनको उमेरका प्रायः युवा खाडी मुलुक भासिन्छन् कि स्टुडेन्ट भिसामा युरोप , अमेरिका ,अष्ट्रेलिया ताक्छन् । तर, अपवादका रुपमा रहेका डेनियल भने आफ्ना पिता अन्तर्राष्ट्रियस्तरका नेपालका चर्चित हेयरस्टाइलिस निलडेविड कटुवालको पदचाप पछ्याउँदै नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन लागीपरेका छन् ।

भारतको पुणेबाट सलोनको म्यानेजमेन्ट सम्वन्धी डिप्लोमा कोर्षको अध्ययन गरी फर्केका उनले युके लण्डनवाट समेत सलोनको म्यानेजमेन्ट सम्वन्धी अनलाइन अध्ययन पूरा गरी त्यहाँ सिकेको सिपको प्रयोग गरी सुन्धारास्थित काठमाडौं मलको पहिलो तल्लामा आफ्ना बुवाको सलोनको नयाँ फ्रेन्चाइजी मोडललाई आफ्नै डिजाइनमा तयार पारेर त्यसको शुभारम्भ समेत गरेका छन् ।

सुन्धारास्थित काठमाडौं मलको पहिलो तल्लामा रहेको नीलडेविड्स सलूनको नयाँ फ्रेन्चाइजी मोडलको उद्घाटन उद्योगपति राजेन्द्र खेतान, गायक प्रमोद खरेल, गायिका ईन्दिरा जोशी, मोडल दीपक घिमिरे तथा सञ्चारकर्मी सुशिल नेपालले संयुक्त रुपमा गरे ।

उनीहरुले आफ्नो व्यवसायको उत्तराधिकारी पाएकोमा हेयरस्टाइलिस निलडेविड कटुवाललाई बधाई तथा शुभकामना दिँदै निलडेविड्स व्राण्डलाई विश्वभर पुर्याउन डेनियलडेविड कटुवाललाई सफलताको शुभकामना दिए ।

 

आफ्ना पिता हेयरस्टाइलिस निलडेविड कटुवालले सन् २००६मा काठमाडौको काठमाडौं मलमा निलडेविड हेयर एण्ड व्युटी सलोन स्थापना गरी हाल नेपाल र भारतमा गरी ८० वटा भन्दा वढी निलडेविड्स इन्टरनेशनल युनीसेक्स सलोन स्थापना गरी सयौं युवालाई रोजगारी दिनुका साथै हजारौंलाई सेवा दिइरहेकोले अव अझ नयाँ तरिकावाट व्राण्डको रुपमा पहिचान वनाएको निलडेविड्स व्राण्डलाई नयाँ उचाई प्रदान गर्न आफू यस क्षेत्रमा आएको डेनियलडेविड कटुवालले बताए ।

हेयको दृष्टिले हेरिने कपाल काट्ने पेसालाई अपनाएर नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा नै आफ्नो पहिचान बनाउन पिता निलडेविड सफल भएकोले आफू पनि पिता निलडेविडको पदचाप पछ्याउँदै व्यवसायलाई अघि वढाउँदै निलडेविड्स व्राण्डलाई विश्वभर पुर्याउन लागीपर्ने उनले वताए ।

 

 

आफ्ना पिता निलडेविड कटुवाल , माता सुष्मा कार्की कटुवाल तथा अभिभावक कृष्णबहादुर कटुवाल, तुलसा कटुवाल र बेलायती नागरिक डेबिड भाइनललाई प्रेरणाको श्रोत मान्ने डेनियलले अग्रजहरुले देखाएको बाटोलाई पहिल्याउँदै नेपालको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउन लागीपरेको बताए ।

उनले निलडेविड्स व्राण्डलाई विश्वभर पुर्याउन नेपाल , भारत , र विदेशका लागी सलोनको फे्रञ्चाइज मोडल डिजाइन र स्टाफिङ म्यानेजमेन्ट प्लान समेत गरेको बताउँदै नेपाल तथा भारतका लागि फ्रेन्चाइजी मोडल तयार गरेको जानकारी दिए ।
काठमाडौं मलको फ्रेन्चाइज मोडल जस्तै नेपालका विभिन्न शहरहरुमा निलडेविड्स ब्राण्डका नयाँ फ्रेन्चाइजीहरु २५ देखि ३० लाख रुपैयाँको लागतमा खोल्न सकिने डेनियलडेविड कटुवालले बताए ।

निलडेविड्स व्राण्डलाई विश्वभर पुर्याउन आगामी सन् २०२२ देखि अन्तर्राष्ट्रियस्तरमा निलडेविड्स इन्टरनेशनल युनीसेक्स सलोन खोल्न लागेको बताउँदै उनले चीनमा फे्रञ्चाइजका लागी सम्झौता गरिएको बताए । त्यस्तै अष्ट्रेलियाको सिड्नीमा र यूएईमा फे्रञ्चाइजका लागी छलफल भइरहेको उनले बताए ।

 

१८ वर्षकै उमेरमा निलडेविड्स व्राण्डलाई नयाँ उचाइमा पुर्याउन छोराले साथ दिएकोमा आफू गौरवान्दित भएको निलडेविड बताउँछन् । नीलडेविड भन्छन्–‘मेरो लक्ष्य र सपनालाई थप उचाईमा पुर्याउने उद्देश्यले मेरो छोरा डेनियलले काठमाडौं मलको पहिलो तलामा नेपाल र भारतमा निलडेविड्स सलोनको फ्रेन्चाइज बिस्तार गर्ने लक्ष्यका साथ फ्रेन्चाइज मोडल सलोन शुभारम्भ भएको छ । तपाईंहरु सबैको माया र आशीर्वाद डेनियलप्रति रहिरहोस् । मेरो लक्ष्मीपुर, झापादेखिको यात्रालाई मेरो छोरा डेनियलले नयाँ कन्सेप्टमा अझ उचाईमा लग्ने सपना पुरा हुँदैछ ।’
डेनियलले गर्दा अव निलडेविड्स व्राण्डलाई नयाँ उचाइमा पुर्याउन सजिलो भएको छ । अव हामी वावु छोरा मिलेर निलडेविड्स व्राण्डलाई अन्तर्राष्ट्रियस्तरमा नेपाली व्राण्डको पहिचान दिलाउने छौं । हेयको दृष्टिले हेरिने कपाल काट्ने पेसालाई विश्वमा सम्मानित पेशा वनाउने छौं ।

निलडेबिड्सले सन् २०२२ मा निलडेबिड्स फाउण्डेसन स्थापना गरेर एक सय जना गरिव तथा असाहय युवा–युवतीलाई हेयर एण्ड मेकअपको प्रशिक्षण दिएर रोजगारी समेत दिने घोषणा गरे । सञ्चारकर्मी नरेश भट्टराईले कार्यक्रमको सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here