फाल्गुन्दमा राष्ट्रिय योग दिवस मनाइयो

0
651

युद्धबहादुर बोहोरा,
पाँचथर,

फाल्गुनन्द गाउँपालिकाकाको आयुर्वेदिक औषधालयमा ६ औं राष्ट्रिय योग दिवस मनाइएको छ ।

वडा नम्बर ५ घुर्बिसे पञ्चमी स्थित फाक्तेप आयुर्वेदिक औषधालय,वडा नम्बर ७ आङ्साराङ्गको पिपलबोटे आयुर्वेदिक औषधालय र वडा नम्बर ४ राँके स्थित स्वास्थ्य इकाईमा दिवस मनाइएको गाउँपालिका आयुर्वेद शाखा प्रमुख राजु पराजुलीले जानकारी दिए ।

माघे सँक्रान्तीका दिन औषधालयद्वारा आयोजित उक्त कार्यक्रम शाखाका प्रमुख पराजुलीको अध्यक्षतामा संचालक समितिका सदस्य मणिचन्द्र चेम्जोङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

‘योग गरौं डटेर कोभिड जान्छ हटेर ‘ भन्ने नाराका साथ स्थानीय बासिन्दालाई योग बारे चेतनाको विकास गर्दै यसबाट स्वस्थ शरीर र मानसिक सुख प्राप्त हुने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको फाक्तेप आयुर्वेदिक औषधालयका इन्चार्ज राजकुमार श्रेष्ठले जानकारी दिए।

योग दिवसका अवसरमा शाखा प्रमुख पराजुली तथा इन्चार्ज श्रेष्ठले प्रशिक्षण समेत गरिएको कार्यक्रममा उपस्थितलाई घरायसी तथा जंगली कन्दमुलका साथ अन्य खाने परिकार पनि बाँडिएको थियो।

प्रमुख अतिथिले योग के हो,किन गर्ने,यसको महत्त्व,योग र स्वास्थ आदि बारे प्रष्ट्याएका थिए। शिक्षक वीर नरसिं चेम्जोङ,जनजागरण संस्थाका व्यवस्थापक सूर्य प्रकाश चेम्जोङ लगायतले मन्तव्य राखेका थिए ।
यस शाखालाई धन्वन्तरि जयन्ती तथा आरोग्य दिवस,राष्ट्रिय योग दिवस र अन्तर्राष्ट्रिय योग दिवस मनाउन साथै नियमित योग अभ्यास गर्न दुईवटा आयुर्वेदिक औषधालयलाई गाउँपालिकाले वार्षिक ३० हजार रुपैयाँ उपलब्ध गराएको छ ।

हाल कार्यालयको आफ्नै भवनमा गत वर्ष देखिनै नियमित योग अभ्यासको काम सुचारू गरिएको छ । योग अभ्यासमा दैनिक ३० देखि ४० जना सहभागी हुने गरेको छ भने यस पालिका भित्रका विद्यालयहरुमा साप्ताहि रूपमा योग शिक्षाको कार्यक्रम समेत संचालन गरिन्दै आएको इन्चार्ज श्रेष्ठले जानकारी दिए । आगामी दिनमा गाउँका वृद्धहरुलाई घरमै योग शिक्षा प्रदान गर्ने योजना रहेको उनले बताए ।

चार जना कर्मचारी रहेको यस औषधालयमा आयुर्वेदिक औषधि वितरण,उपचार,परामर्श तथा शिरोधारा,श्वेत यन्त्र,पञ्चकर्म लगायतका सुविधा उपलब्ध गराउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here