प्रधानमन्त्री ओलीको स्वेच्छाचारी कदमको सशक्त प्रतिवाद गर्ने–धर्मशिला

0
846

भद्रपुर ।

नेकपाकी केन्द्रीय सदस्य धर्मशिला चापागार्ईले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको स्वेच्छाचारी कदमको सशक्त प्रतिवाद गर्ने बताएकी छिन्।

प्रतिनिधि सभा सदस्य समेत रहेकी चापागाईँले बुधवार नेकपा भद्रपुर नगर कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्ने गर्दै सदस्य चापागाईँले प्रधानमन्त्री ओलीको कदम गणतन्त्र , सङ्घीयता, धर्म निरपेक्षता र समावेशिताको विरुद रहेकोले सङ्घर्ष नै एक मात्र विकल्प भएको बताइन् ।

विस्तारित बैठकले प्रधानमन्त्री ओलीको कदमको सशक्त प्रतिकार गर्न भद्रपुर नगर स्तरमा श्रीमन नारायण पौडेल संयोजक , मेदनी सिवाकोटी सहसंयोजक , शिव कुमार राज भण्डारी सचिव , मुना खवास सह सचिव रहने गरी ५०१ सदस्यीय सङ्घर्ष समिति गठन गरेको छ।

नेकपा भद्रपुर नगर सह इन्चार्ज नरेश सन्जेलको अध्यक्षता , नगर अध्यक्ष शिव कुमार राजभण्डारीको सञ्चालन र श्रीमन नारायण पौडेलले स्वागत मन्तव्य राखेको सो बैठकमा पार्टीका प्रदेश कमिटी सदस्य तथा पूर्व सांसद पुष्प राज पोखरेल र पार्टीको झापा जिल्ला सङ्घर्ष समितिका सचिव मणिकुमार साङ्पाङ (विजय) समेतले बोलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here