अरुणोदय साकोसको अध्यक्षमा नेपाल निर्वाचित

0
1203

अर्जुनधारा ।

झापाको बिर्तामोड–५स्थित अरुणोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आगामी चार वर्षे कार्यकालको लागि अध्यक्षमा ताराप्रसाद नेपाल निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन मण्डलका अधिकृत रामकृष्ण ढकालका अनुसार संस्थाको आठौं वार्षिक साधारण सभाबाट यस अघि समितिका सदस्य रहेका उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।

त्यसैगरी समितिका उपाध्यक्षमा विशाल क्षेत्री, सचिवमा दिपक तिम्सिना, सहसचिवमा रोहित थापा, कोषाध्यक्षमा टिकादेवी ढकाल र सदस्यहरुमा आलोक कार्की, कुसुम आचार्य र दिपा पोखरेल चयन भएका छन् ।

नव निर्वाचित अध्यक्ष नेपालका अनुसार नौ सदस्य समितिमा पूर्व अध्यक्ष राधेश्याम शर्मालाई पदेन सदस्य मनोनित गरिएको छ ।

त्यस्तै सोही सभाबाट इन्द्रकमल खनालको संयोजकत्वमा राजेश सुवेदी र सुजन पराजुली सदस्य रहेको तीन सदस्यीय लेखा समिति गठन भएको बताइएको छ । यसैबीच समितिका निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई एक कार्यक्रमकोबीच निर्वाचन अधिकृत ढकालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष शर्माले नव निर्वाचित अध्यक्ष नेपाललाई समितिको माइन्यूट बुक हस्तान्तरण गरेका थिए । सोही कार्यक्रममा शेयर सदस्यहरुका सन्तानमध्ये गत वर्षको एसईई परीक्षामा उत्कृष्ट जीपीए ल्याई उत्तीर्ण हुने एरिष्मा भारती(३.९५) र किरण दाहाल(३.९०)लाई “अरुणोदय शैक्षिक पुरस्कार” बाट पुरस्कृत गरिएको थियो ।

निर्वाचन अधिकृत ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा सहकारी अभियन्ता केशवराज दाहाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका प्रबन्ध सञ्चालक बालकृष्ण दाहालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here