प्याट्रिओटिकका दुई खेलाडी सहित १४ जना खेलाडी छनौट

३ माघ २०७७, शनिबार मा प्रकाशित

आकृती तिम्सिना, झापा ।

दमकमा अवस्थित प्याट्रिओटिक क्रिकेट ट्रेनिङ सेन्टरका दुई जना खेलाडी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०७७ का लागि प्रदेश न १ क्रिकेट टिममा छनोट भएका छन् ।

उक्त टोलिमा मोरङका आठ जना, सुनसरीका तीन जना झापाका दुई जना र इलामका एक जना गरी १४ जना खेलाडी छनौट भएको ट्रेनिङ सेन्टरका कोषाध्यक्ष अबिश खनालले जानकारी दिए । सेन्टरबाट छनोट भएका मनोज तामाङ लेग स्पिनर हुन भने ज्ञानेन्द्र श्रेष्ठ फास्ट बलर रहेका छन् ।

खेलाडिहरुको मेहेनत ,प्रशिक्षणमा उत्साहजनक सहभागिता र ट्रेनिङ सेन्टरको मेहेनतका कारण उत्कृष्ट नातिजा आउन थालेको साथै आउँदा दिनहरुमा अझ थप प्रतिभाहरु अगाडि आउने सेन्टरका अध्यक्ष रोशन धितालले बताएका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here