टाप, हामी र मुटु

३ माघ २०७७, शनिबार मा प्रकाशित

पाइँतालाहरु ट्कटक्याएर
टाप बजारेको अभिनय गर्दै
सम्भवतः ऊ हामीलाई
कतै बाटोमा ब्याख्या गर्दैछ
कतै सडकमा अर्थ लगाउँदैछ
र, हाम्रो लगाम समातेर
सम्भवतः ऊ हामीलाई
कतै मुर्दा बाँचको बचाउन चाहिँ रहेछ
कतै आँशु हाँसेको हसाउन चाहिँ खोजी रहेछ ।
र, कतै करहरुमा अनुवाद गरेर हामीलाई
हाम्रो सम्पूर्ण आयु
एउटा रसिदको टुव्रmोमा च्यातेर
मनहरुलाई
सन्त्रासको मालामा बन्दै
आउने उसका हरेक उत्सवहरु
कहिले मालपोत बनेर सजिइन्छन्
त, कहिले धुरी कर बनेर आकाशिन्छन् ।
पाइतालाहरु टक्टक्याएर

ऊ हामीलाई
सदैव तर्साउन खोजी रहेछ
ऊ हामीलाई
हामीले जितेको युद्धलाई पनि
एक पटक मात्र होइन, पटक–पटक
कैयौं पटक आजसम्म लगातार
आफूले जितेको घोषणा गरिरहेछ
पक्का हो ।
ऊ हामीलाई मान्छे हुनुमा पनि
हरेक पल चुनौति गरिरहेछ ।

तर,
उसलाई थाहा छैन
मन धेरै दिन लगाममा बाँधिन सक्तैन
र, यदि हामी पनि मान्छे नै हौं भने
(होइनौं भने त के नै पो गर्नु र भन्नु ? ठिकै छ ।)
मानिसको मुटुले
स्वयम् आफ्नै धड्कन बाहेक
अरु कसैले बजारेको टाप
एक दिन सहला एक वर्ष सहला
अथवा,
एक दशक, एक शताब्दी र
एक युग नै सहला
तर,
अन्ततः
मानिसको मुटुले
स्वयम् कसैले बजारेको टाप
सदैब कहिल्यै सही रहन सक्तैन ।

राजेश ढुंगाना

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here