मेची पेट्रोलियमको सभा, सीडीओद्धारा प्रशंसा

0
1114

चारपाने। 

मेची पेट्रोलियम डिलर्स एसोसिएशन बिर्तामोडको १३औँ साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।

मेचीनगरको होटल मेची क्राउनमा भएको साधारणसभामा प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले एशोसिएशनले व्यवसाय क्षेत्र र समाजमा पु¥याएको योगदानको प्रशंसा गरेका थिए ।

कार्यक्रममा नेपाल आयल निगममा कार्यकारी निर्देशक सुरेन्द्र पौडेल, वाणिज्य तथा आपूर्ति सहसचिव प्रेम श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेशका अध्यक्ष टीकाराज ढकाल, राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाका अध्यक्ष नवीन कोइरालाको अध्यक्षतामा सम्पन्न साधारणसभामा नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेशको सदस्यमा हालै निर्वाचित उपाध्यक्ष भूपालराज कटुवाललाई सम्मान गरिएको थियो ।

वरिष्ठ उपाध्यक्ष टीकाराम पिठाकोटेले स्वागत गरेको कार्यक्रमको सहजीकरण महासचिव बिनोद बस्नेतले गरेका थिए । एशोसिएशन सामाजिक कार्यमा पनि सहभागी हुँदै आएको बस्नेतले प्रस्तुत गरेको प्रतिवदनमा उल्लेख छ । संस्थाले नागरिकस्तरबाट कनकाईको कोटीहोममा स्थापित पीसीआर परीक्षण प्रयोगशाला निर्माणका लागि २ लाख ५१ हजार रुपैयाँ प्रदान गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here