स्वास्थ्यचौकीलाई फिल्टर प्लान्ट हस्तान्तरण

0
819

राजविराज,

सप्तरी सामुदायिक विकास केन्द्र नेपालले यहाँका दुई स्वास्थ्यचौकीमा पानी शुद्ध गर्ने फिल्टर प्लान्ट हस्तान्तरण गरेको छ ।

युनिसेफ र एनसिभीको आर्थिक सहयोगमा केन्द्रद्वारा सञ्चालित कोभिड–१९ पूर्वतयारी तथा प्रतिकार्य परियोजनाअन्तर्गत सो फिल्टर प्लान्ट हस्तान्तरण गरिएको हो । जिल्लाको रुपनी गाउँपालिका–६ स्थित तेरहौता तथा शम्भुनाथ नगरपालिका–८ स्थित भङ्गहा स्वास्थ्यचौकीमा फिल्टर प्लान्ट हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिनुभयो ।

क्वारेन्टिन र आइसोलेशन तथा स्वास्थ्य उपचार केन्द्रहरूमा खानेपानी, सरसफाइ, स्वच्छता व्यवस्थापन, पूर्वाधार मर्मतसम्भार तथा नयाँ निर्माण र पानी शुद्धीकरणका लागि फिल्टर प्लान्ट हस्तान्तरण गरिएको उहाँको भनाइ छ ।

सो अवसरमा रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादव र प्रमुख प्रशासकीय अधिकृत रेनुका साह, वडाध्यक्ष लक्ष्मीकान्त चौधरी, एनसिभी नेपालका अध्यक्ष गौतम यादवलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here