इक्यान शैक्षिक मेलाको १४औं संस्करण शुक्रबारबाट शुरु भएको छ । कोभिड–१९ को महामारीका कारण नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले यसपटक भर्चुअल एजुकेसन मेला आयोजना गरेको हो । सोमबार सकिने चार दिने मेलामा करिब एक लाख विद्यार्थी र अभिभावकले सहभागिता जनाउने आयोजकको अपेक्षा छ । मेला शुरु हुनुअघि नै करिब ३० हजार विद्यार्थी सहभागी हुनका लागि अनलाइन मार्फत दर्ता भइसकेका छन् । यसै सन्र्दभमा हामीले झापा अध्यक्ष सुमन शर्मा जम्मरकट्टेलसँग गरेरको कुराको प्रस्तुत सम्पादित अंश :
इक्यान एजुकेशन मेला कस्तोखालको मेला हो ?
– इक्यानले हरेक वर्ष विदेश अध्ययन गर्न चाहने विद्यार्थी र उनीहरूका अभिभावकलाई लक्षित गर्दै शैक्षिक मेला आयोजना गर्दै आएको छ । यसपटक भाइरसको महामारीका कारण भर्चुअल रूपमा मेला आयोजना गरिएको हो । यो मेलामा शिक्षाका धेरै विषयमा जानकारी पाइन्छ । यसलाई म विशुद्ध शैक्षिक मेला भन्न रुचाउँछु । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीका लागि यो क्षेत्र खुल्ला र सुरक्षित रहेको सन्देश यो मेलाले दिनेछ ।
यो मेलामा विद्यार्थीले कसरी सहभागिता जनाउन सक्छन् ?
– अत्यन्तै राम्रो प्रश्न गर्नुभएकोमा यहाँलाई धन्यवाद । प्राविधिक भरपुर प्रयोग गरेर यो मेला सञ्चालन भइरहेको छ । ‘इक्यान फेयरमा लग इन’ गरेर मेलामा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ । त्यसमा प्रि–रजिस्ट्रेशन गर्न सकिने व्यवस्था पनि छ । रजिस्ट्रेसनपछि अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा कलेजहरू, मेलामा सहभागी संस्था, शैक्षिक कन्सल्टेन्सी, बैंक लगायतसँग विद्यार्थी, अभिभावकले सीधा सम्र्पक गरेर संवाद गर्न सक्नेछन् । ‘विद्यार्थीले आफूले रोजेको देशको शिक्षण संस्था, शैक्षिक कन्सल्टेन्सी र बैंकका प्रतिनिधिसँग विविध जिज्ञासा राखेर जानकारी प्राप्त गर्न पाउनेछन् । विद्यार्थीलाई विदेशी शिक्षण संस्था, नेपालस्थित शैक्षिक परामर्शदाता र विभिन्न बैंकका प्रतिनिधिले काउन्सिलिङ गर्ने छन् । झापासहित पूर्वका विद्यार्थीको यो मेलामा उत्साहजनक सहभागिता रहेको छ ।
यसका फाइदा के–के हुन् ?
– भर्चुअल मेला शुक्रबारदेखि सोमबारसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । यसमा विद्यार्थीले आफूले चाहेको अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा कलेजहरूका विषयमा जानकारी लिन सक्ने छन् । जसले शैक्षिक क्षेत्रमा अलमलमा परिरहेका विद्यार्थीहरुलाई सही मार्ग निर्देश गर्नेछ । यो मेलाबाट विद्र्याी तथा अभिभावकले आफ्नो स्पष्ट धारणा बनाएर अघि बढ्न मद्दत गर्नेछ ।
इक्यान एजुकेशन मेलाको उद्देश्य के हो ?
– कोभिडपछि पनि नेपाली विद्यार्थीको विदेशप्रतिको आकर्षण घटेको छैन् । अन्तर्राष्ट्रिय क्षेत्रमा विद्यार्थीको गतिविधि क्रमशः झनै बढ्ने भएकाले यो मेला मार्फत विद्यार्थीलाई शैक्षिक गतिविधिको जानकारी दिने हाम्रो उद्देश्य हो । विद्यार्थीले कोभिडपछि पनि विदेशको शिक्षा रोजिरहेका छन् । त्यस्ता विद्यार्थीलाई सहज र सरल होस् भनेर मेलामा अधिक जानकारी दिने व्यवस्था मिलाएका छौं । अहिले विदेशी विश्वविद्यालय र कलेजहरूमा छात्रवृत्ति र सेवासुविधाका प्याकेजहरू झनै बढेको र उक्त अवसर नेपाली विद्यार्थीले पनि पाँउन भन्ने हाम्रो चहाना हो ।
झापासहित पूर्वका विद्यार्थीलाई के भन्न चाहनुहुन्छ ?
– विदेश पढ्न जाने सोच बनाइरहेका विद्यार्थीलाई लक्षित गरेर यो मेलाको आयोजना गरिएको हो । म झापासहित पूर्वका सम्पूर्ण विद्यार्थाीलाई कुनै पनि अलमलमा नपरी यो मेलामा सहभागिता जनाउन आग्रह गर्दछु । मेलामा सहभागी बैंकहरूले विद्यार्थीलाई अध्ययन लगायत वैदेशिक शिक्षाका लागि लागत र रकम पठाउने माध्यमबारे जानकारी दिने व्यवस्था समेत गरिएको छ । विद्यार्थी र अभिभावकलाई वैदेशिक शिक्षाबारे सही परामर्श र सूचना दिने बाहेक अन्य उद्देश्य इक्यानको छैन् ।
विदेश पढ्न जान चाहने विद्यार्थी र पठाउन चाहने अभिभावक कोरोनाले अलमलमा हुनुहुन्छ, भने ‘परामर्श क्षेत्र खुल्ला छ, विदेश पढ्न जाने र फर्कने क्रम चलि नै रहेको छ, यही कुरा प्रस्टसँग मेलामा राख्छौं ।’ विदेशमा अध्ययन गरिरहेका विद्याथीलाई कोभिडपछि विभिन्न सहायता र सहजरूपमा बैंकबाट ऋण समेत उपलब्ध भएको छ । एकपटक मेलामा सहभागिता जनाउन म सबैसँग आग्रह गर्दछु । यदि कसैलाई दुविधा भएमा इक्यान झापामा आवद्ध कसल्टेन्सी मार्फत यहाँले सबै जानकारी पाउन सक्नु हुनेछ । मेलाले कन्सल्टेन्सी, विद्यार्थी र अभिभावकमा विश्वासको वातावरण झनै बढ्ने र व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
अन्त्यमा के भन्नुहुन्छ ?
– अन्त्यमा विद्यार्थीको चाहनालाई नै ध्यानमा दिएर सम्बन्धित मुलुकको शिक्षा प्रणाली, त्यहाँ जान पूरा गर्नुपर्ने प्रक्रियाहरू आदान–प्रदान गरिने उद्देश्यले मेलाको आयोजना गरिएको हो । मौकाको फाइदा उठाउन सबैसँग आग्रह गदर्छु । इक्यानमा चार सय ७३ वटा परामर्शदाता संस्थाहरू आबद्ध छन् । भरपर्दो र विश्वासिलो जानकारी लिनका लागि इक्यानमा आवद्ध शैक्षिक परामर्शदातासँग सम्र्पक राख्न विद्यार्थी तथा अभिभावकमा अनुरोध गदर्छु ।
कोरोनापछि विभिन्न देशले विदेशी विद्यार्थीलाई पठनपाठन गराउने नीति हेरफेर गरेकाले पनि मेलामार्फत सही र स्पष्ट जानकारी प्राप्त गर्न सकिने छ । सम्बन्धित देश, शिक्षण संस्था कोर्ष, भिसा प्रणाली लगायत अन्य सेवासुविधा र प्रक्रियाबारे जानकारी पाउन विद्यार्थीलाई मेलामा सहभागी हुन आग्रह गर्दछु ।