बिर्तामोड उद्योग वाणिज्य संघको चौथो वार्षिक साधारण सभा

0
834

तुलसीप्रसाद निरौला ,बिर्तामोड ।

बिर्तामोड उद्योग वाणिज्य संघको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

 

संस्थाका अध्यक्ष कुमार भट्टराईको अध्यक्षता तथा सार्क चेम्वर अफ कमर्श एण्ड इण्डष्ट्रीका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटीले स्वागत गरेका थिए ।

कार्यक्रममा संविधान सभा सदस्य सुधिरकुमार शिवाकोटी, बिर्तामोड –१ का वडाध्यक्ष अग्निप्रसाद पाण्डे, नेपाल पत्रकार महासंघ झापाका कार्यवाहक अध्यक्ष एकराज गिरी , नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया , महासंघका प्रदेश अध्यक्ष टीकाराज ढकाल , बिर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बलराम कार्की, आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख युवराज श्रेष्ठ, युनीकम नेपालका केन्द्रीय अध्यक्ष गजेन्द्रवहादुर पौडेल, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ ,सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही, नेकपा बिर्तामोड नगर अध्यक्ष ज्ञानुराम प्रसाईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 

कार्यक्रममा संघका अध्यक्ष भट्टराईले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । बिर्तामोड उद्योग वाणिज्य संघ नेपाल उद्योग वाणिज्य महासंघ र प्रदेश न.ं १ को सदस्यता लिएको , कोरोना संक्रमणको समयमा पनि एकका लागी एक अभियान मार्फत पीसीआर ल्याव स्थापना , राहत वितरणलगायतका कार्य गरेको, उद्यमी व्यवसायीका व्यवसायिक समस्याहरुलाई सम्वन्धित निकायको सहकार्यका समस्या समाधानको पहल गरिएको प्रतिवेदनमा उल्लेख छ ।

साधारण सभाको बन्दसत्रमा बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव भेषराज भण्डारी प्रशान्तले महासचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष मनोज अग्रवालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बन्दसत्रले संघका अध्यक्ष भट्टराईको वार्षिक प्रगति प्रतिवेदन ,महासचिव भण्डारीको प्रतिवेदन, कोषाध्यक्ष अग्रवालको प्रतिवेदन पारित गरेको थियो ।

बन्दसत्रमा बिर्तामोड उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिको निर्वाचन आगामी फागुन १६ गते गरिने र त्यसका लागि निर्वाचन अधिकृतमा शेखर ढकाल , सहायक निर्वाचन अधिकृतमा राजेन्द्रप्रसाद चौंलागाईं र बुद्धिराम भट्टराईलाई चयन गरिएको जानकारी दिइयो ।

कार्यक्रमको सञ्चालन बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव भेषराज भण्डारी प्रशान्तले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here