सुरुङ्गा ।

सुरुङ्गा जेसीजको शनिवार सम्पन्न अधिवेशनले यदुका उप्रेती (उषा) को नेतृत्वमा नयाँ समिति गठन गरेको छ ।
सुरुङ्गा जेसीजको सन् २०२१का लागि उषा सर्वसम्मत चयन भएकी हुन् । कार्यकारी उपाध्यक्षद्वयमा राजकुमार कट्टेल र टीकाराम भण्डारी (सुदीप) चयन भएका छन् । उपाध्यक्षहरुमा प्रतापबाबु कट्टेल, खुश्बू पौडेल, मुक्ता कार्की र रिसबसिंह चाहार चुनिएका छन् ।
जनसम्पर्क अधिकारी लगायत महासचिव, कानूनी सल्लाहकार, तालिम संयोजक, कोषाध्यक्ष लगायतका डेढ दर्जन बढी पदहरुमा अध्यक्षले मनोनित गरी आउँदो पद हस्तान्तरण कार्यक्रममा सार्वजनिक गरिने निवर्तमान अध्यक्ष त्रिलोचन उप्रेतीले जानकारी दिए ।































