अर्जुनधारा ।

सशस्त्र प्रहरी बल सुरक्षा वेस क्याम्प शनिश्चरेले झापाको अर्जुनधारा–७ स्थित पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वर धाम परिसरमा सोमबार वृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
२०औं सशस्त्र प्रहरी दिवसको सन्दर्भलाई लक्षित गरी क्याम्पले उक्त कार्यक्रमको आयोजना गरेको क्याम्प प्रमुख डिएसपी गौतमराज योञ्जनले जानकारी दिए ।

उक्त कार्यक्रममा सशस्त्र प्रहरीसँगै प्रहरी चौकी शनिश्चरेका प्रहरी, धाम व्यवस्थापन समितिका सचिव शिवलाल खतिवडा, सरसफाई अभियन्ताहरु कमल पोखरेल, भरत यादव र विष्णु आचार्यलगायतको सहभागिता रहेको थियो ।
डिएसपी योञ्जनको अध्यक्षतामा आयोजित कार्यक्रममा वडाध्यक्ष नवराम ढुंगाना “नविन”, नगर कार्यपालिका सदस्य रमेश त्रिखत्रीलगायतले प्रहरी दिवसको अवसरमा आयोजित उक्त कार्यको प्रशंसा गरेका थिए ।

धाम व्यवस्थापन समितिकोतर्फ बाट मूल अर्चक अग्निप्रसाद सिग्देलले क्याम्पसहित कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।































