बिर्तामोड ।
वीरता लेडी जेसीजको आयोजनामा विर्तामोडमा प्रि इण्डक्सन तथा च्याप्टर म्यानेजमेन्ट तालिम सम्पन्न भएको छ ।

वीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्य सिटौलाले कार्यभार सम्हालेसंगै पहिलो कार्यक्रमको रुपमा प्रि इण्डक्सन तथा च्याप्टर म्यानेजमेन्ट तालिम गरिएको हो ।
वीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्य सिटौलाको अध्यक्षता तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष तथा वीरता जेसीजका पूर्व अध्यक्ष शिवकुमार अग्रवालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष सुस्मा भण्डारी पौडेलले औचित्य माथी प्रकाश पारेकी थिइन् ।
कार्यक्रम संयोजक वीरता लेडी जेसीजकी स्वास्थ्य संयोजक रेनुका महतोले स्वागत गरेको कार्यक्रममा कार्यक्रम संयोजक तथा वीरता लेडी जेसीजकी उपाध्यक्ष अर्चना राउतले आस्था वाचन र तालिम संयोजक सेलिसा उप्रेती ले जेसीआई मिसन भिजन वाचन गरेका थिए ।
कार्यक्रममा सहभागीलाई नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष तथा वीरता जेसीजका पूर्व अध्यक्ष शिवकुमार अग्रवालले प्रशिक्षण प्रदान गरेका थिए । उनले वीरता लेडी जेसीजका कार्यसमितिका पदाधिकारीहरुको काम ,कर्तव्य र अधिकारका वारेमा र नयाँ सदस्यहरुलाई जेसीजको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट प्रशान्त भण्डारी , वीरता लेडी जेसीज पूर्व अध्यक्ष नैनकला भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए भने सहभागीको तर्फबाट रक्तदान संयोजक मुना चुडालले तालिम फलदायी भएको बताइन् ।
कार्यक्रममा वीरता लेडी जेसीजकी आजिवन सदस्य शिला ढकाल , मानार्थ सदस्य तीलरुपा श्रेष्ठ, नेपाल जेसीजका पूर्व तालिम आयुक्त एकराज गिरीलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन वीरता लेडी जेसीजकी महासचिव हिमा पौडेलले गरेकी थिइन् ।






























