झापा ।

योगदानमा आधारित सामाजिक सुरक्षाको योजना , कार्यान्वयनको अवस्था र आवश्यकता बिषयक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
झापाको पर्यटकिय क्षेत्र जामुनवारी सिमसारमा सोमबार नेपाल व्यापार कर्मचारी संघ युनिकम नेपालको समन्वय तथा श्रम , रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सामाजिक सुरक्षा कोषको आयोजनामा सरोकारवाला पक्षका प्रतिनिधि लगायतसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल उद्योग वाणिज्य संघ प्रदेश नम्बर १ का अध्यक्ष टिकाराज ढकालको प्रमुख आतिथ्यता तथा युनिकम नेपालका केन्द्रिय अध्यक्ष गजेन्द्र पौडेलको भापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको बिषय बस्तु माथिको सामाजिक सुरक्षा कोषका लेखा अधिकृत राम ढुङ्गेलले प्रकाश पारेका थिए ।
निवर्तमान अध्यक्ष बलराम कार्की, इनरव्हील क्लबको अध्यक्ष कमला कटुवाल पौडेल, सामाजिक सुरक्षा कोषका कर्मचारी बिना नेपाल, विरता लेडी जेसीजको संस्थापक अध्यक्ष शारदा रिजाल, महिला उद्यमी तुलशा ढकाल,नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष एकराज गिरी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई तथा वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल लगायतले शुभकामना मनतब्य राखेका थिए ।
युनिकम नेपालका प्रशिक्षण बिभाग प्रमुख कल्याण खड्काले स्वागत गरेको कार्यक्रमको सञ्चालन संचारकर्मी केशव भट्टराईले गरेका थिए । साथै युनीकमले अन्तरक्रिया सहित वनभोज कार्यक्रमको आयोजनासमेत गरेको थियो ।






























