ऐतिहासिक साङ्ला पोखरी निर्माण

0
1080

काठमाडौँ,

तारकेश्वर नगरपालिका–१ स्थित साङ्लामा ऐतिहासिक साङ्ला पोखरी निर्माण गरिएको छ ।

करिब एक रोपनी जग्गामा फैलिएको सो पोखरी नगरपालिकाको रु ३९ लाख बजेटमा निर्माण सम्पन्न भएको नगर प्रवक्ता विदुर सापकोटाले जानकारी दिनुभयो ।

पोखरीको गहिराइ पाँच मिटर छ । धेरै वर्षअघि सङ्लो पानी बग्ने गरेकाले पछिसाङ्लोखोला भन्ने नामकरण रहन गएको भन्ने ऐतिहासिक मान्यता छ ।

उक्त पोखरीसँगै ऐतिहासिक उद्यान पनि निर्माण हुने नगरपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here