विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा प्रदान

0
910

दुहागढी ।

जन्म दिनको अवसरमा वैदेशिक रोजगारको सिलसिलामा दक्षिण कोरियामा रहेका दाताले झापा मेचीनगर १४ दुहागढीस्थित बाल सुबोधिनी माध्यमिक विद्यालयका विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा प्रदान गरेका छन् ।

मेचीनगर ११ धाइजन निवासी आनन्द अधिकारीले आफ्नो ४२ औँ जन्मोत्सवको अवसरमा विद्यालयका ३१ जना विद्यार्थीहरुलाई जाडोबाट बच्न स्वीटर प्रदान गरेका हुन् ।

मङ्गलवार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच दाता अधिकारीका बुवा डम्मरुवल्लभ अधिकारी आमा भिमादेवी अधिकारी र धर्मपत्नी निर्मला अधिकारीले संयुक्त रुपमा विद्यार्थीहरुलाई स्वीटर वितरण गरेका थिए ।

दाता अधिकारीले यसअघि विद्यालयको स्वर्ण महोत्सवमासमेत आर्थिक सहयोग गरेको विद्यालयले जनाएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विश्व थापाले दाताहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here