झापा,
कोहेड टोल बिकास संस्था बिर्तामोडले नगरपालिकाको आर्थिक सहयोगमा पाँच दिने क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम शुर गरेको छ ।

बिर्तामोड नगरपाकिला ५ का वडा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमकाबीच मंगलवारबाट तालिमको उद्घाटन गरिएको हो । संस्थाकी अध्यक्ष पार्वता खरेल विमलीको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लव अफ बिर्तामोडका अध्यक्ष निर्मल भट्टराई, चेम्वर अफ कर्मस झापाका अध्यक्ष ओमकृष्ण विमली, लायन्स क्लव अफ बिर्तामोडका अध्यक्ष मोहन मित्तल, बिर्तामोड कार्यपालिका सदस्य भावना घिमिरे, सदस्य हर्कमाया विक, कोहेड कलेजका कोअडिनेटर गौतम शिवाकोटी लगायतले बोलेका थिए ।
संस्थाकी कोषाध्यक्ष शान्ता विष्ट भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव उमा मिश्रले गरेकी थिइन् ।
तालिमको सहजीकरण पत्रकार भीमा शिवाकोटीले गरिरहेको बताइएको छ ।






























